Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

फोहोर व्यवस्थापनमा जोड देउ ! (सम्पादकीय)

प्रत्यूष ५०१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३१, मंगलबार (३ साल अघि)
फोहोर व्यवस्थापनमा जोड देउ ! (सम्पादकीय)

धादिङ,३१ जेठ ।
सहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहोर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहोर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ ।

अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम सम्पन्न गरी फोहोर जम्मा गर्ने कार्य समेत संचालन भैसकेको छ तर, स्थानीयहरुको विरोधका कारण सोचे अनुरुपको काममा प्रगति हुन भने सकेको छैन । सामाजिक संजालमार्फत केही स्थानीयहरुले विरोध जनाइरहेको देख्न सकिन्छ ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार वर्षातको समयमा काठमाडौँ उपत्यकामा बढी फोहर थुप्रने गर्दछ त्यसैले सबै फोहर विसर्जन गर्न नसके पनि असारबाट केही फोहर राख्न सकिने गरी निर्माणको काम भइरहेको छ ।

उनले भने, “पूर्णरूपमा काम सम्पन्न हुन तीन वर्ष लाग्छ, फोहर राख्ने स्थानको अभाव हुँदा ड्याम निर्माण गर्दै गर्ने र थोरै भए पनि फोहर पनि राख्ने काम गर्ने योजनामा मन्त्रालयले गरेको पाइएको छ ।”

औपचारिकरूपमा निर्माण भने फोहोर जम्मा गर्नेकाम भने सुरु भैरहेको छ । अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहोर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम पनि गरिरहेको छ ।

निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ । राज्यले यति धेरै खर्च गरेर फोहोर संकलन गर्ने कामको योजना बनाइसकेको भए पनि स्थानीयलाई बुझाउन नसक्दा केही समस्या हुने पूर्वानुमान समेत गरिएको छ ।

मन्त्रालयलाई निर्माणको जिम्मा दिनुअघि उक्त स्थल निर्माणको काम स्थानीय तहले गर्ने कि केन्द्र सरकारले भन्ने विषय अन्योल थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ ।

उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको समेत काठमाण्डौ महानगरपालिका तथा मन्त्रालयको जानकारीमा छ ।

यता कामपाले वर्षातको समयका लागि सिसडोलकै आसपासमा अल्पकालीन फोहर विसर्जनस्थल तोकेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार वर्षा लागेसँगै फोहरको अनुपातमा वृद्धि हुने भएको र सिसडोलमा फोहर राख्न मिल्ने अवस्था नरहेकाले अन्यत्र स्थानको तय गर्नुपरेको हो ।

काठमाण्डौमा जे जस्तो फोहोरहरु संकलन भैरहेको छ, त्यसको विशिष्टिकृत नहुँदा फोहोर फाल्न कठिनाई हुँदै आएको कुरा वास्तविकता हो । यसकारण आम नागरिकहरु जो जोसले फोहोर संकलन गरी सिसडोल या बन्चरेडाँडा पठाउने तयारीमा छन् उनीहरुले समेत यि र यस्ता विषयमा ध्यान दिन जरुरी छ हाल फोहर विसर्जन गर्ने स्थानभन्दा केही तल भिलेज वान र भिलेज टु मा तय गरिएको भए पनि सरल तरिकाको हल हुने सम्भाावना छैन यसर्थ पुनः एकपटक आम नागरिकहरुले यो विषयमा छलफल गरी हल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

  • दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

    दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

  • “बालेन द लुसिफर”

    “बालेन द लुसिफर”

  • ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution