Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पशुधन तथा कृषि सुरक्षाका लागि वीमा गरौं ।(सम्पादकीय)

प्रत्यूष ८८६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २३, सोमबार (४ साल अघि)
पशुधन तथा कृषि सुरक्षाका लागि वीमा गरौं ।(सम्पादकीय)

धादिङ,२३ जेठ ।
सरकारले पशुधन तथा कृषिजन्य वस्तुको लागि वीमा कार्यक्रम संचालन गर्न भन्दै करोडौ रुपैयाँ रकम विनियोजन गरेको छ तर, सरकारले सोचेजस्तो कृषिजन्य वस्तुहरुको वीमा कार्यक्रम अगाडि बढ्न सकेको छैन ।

सरकारले कृषि तथा पशुपंक्षीजन्य वस्तुहहरुकै वीमामा कुल प्रिमियमको ८० प्रतिशत रकम अनुदान सहयोग गर्ने घोषणा सहितका कार्यक्रम संचालन गरिरहेको छ तर, सरकारले सोचेजसरी वीमाका कार्यक्रम प्रभावकारी हुन नसक्दा अपेक्षा अनुसारको खर्च समेत भएको छैन । जानकारहरुका अनुसार सरकारले छुट्ट्याएको बजेट विगत धेरै आर्थिक वर्षदेखी नै धेरै जसो खर्च हुन नसकेर फ्रिज हुने गरेको छ ।

हुनत अहिले वीमा कार्यक्रम संचालनका सम्वन्धमा पशुधनको सुरक्षाका लागि केही खर्च भएको देखिन्छ, कृषितर्फ वीमा गरेका कृषकहरुको संख्या देशैैभरी खोज्ने हो भने पनि हातको औलामा अट्ने खालको संख्यामा रहेको अनुमान गरिएको छ ।

कृषि विमाका लागि सरकारको कार्यविधिमा समस्या देखिएका कारण पनि सोच अनुसारको प्रभावकारी कामहरु हुन सकेको छैन। कृषकहरुको वार्षिक करोडौं रुपैयाँ बराबरको कृषिधन विविध कारणले नष्ट भैरहेका समाचारहरु सुन्ने र देख्ने समेत गरेको पाइन्छ । यदि कृषकहरुले कृषि वीमाको बारेमा ज्ञान पाएको भए त्यति ठूलो नोक्सानी व्यहोर्नुपर्ने थिएन ।

हुनतः सरकारले वीमा अभियान भएको बारेमा रेडियो, टेलिभिजन तथा अन्य संचारमाध्यामहरुबाट पनि जानकारी दिएको छ र सरकारी संरचनामा आवद्धता भएका व्यक्तिहरुबाट पनि त्यस प्रकारका जानकारीहरु आ–आफ्नो स्थानबाट आफ्नो ठाउँ, पद र दायित्वले भ्याएसम्म दिने कामहरु भएका बताइएपनि त्यस प्रचार अनुसारको उपलब्धीहरु भने कृषकहरुले प्राप्त गर्न सकिरहेका छैनन् ।

हुनतः पछिल्लो समय पशुधनको सुरक्षाका लागि भन्दै गाईभैंसी, भेडाबाख्रा लगायतका पशुहरुको वीमा गर्ने कृषकहरुको संख्या दिनानुदिन बढिरहेको छ, तर अहिले भैरहेको संख्या पनि सन्तोषजनक स्थिति भने होइन । पछिल्लो सरकारले कृषकहरुको सुरक्षालाई ध्यानमा राखी कुल प्रिमियमको ८० प्रतिशत रकम सरकारले व्यहोरिदिने निर्णय गरेको छ ।

यो सामान्य कृषकहरुको लागि खुसीको विषय समेत हो । पशुधनको सुरक्षाका लागि सरकारले वीमा कार्यविधिमा जे जस्तो व्यवस्था गरेको छ त्यो अलिकति क्लियर पनि छ भने कृषितर्फको बाली बस्तुको वीमाका लागि जति क्लियर पोलिसि हुनुपर्ने थियो त्यो हुन सकेको छैन जसका कारण कृषि भन्दा पशुधनको सुरक्षामा किसान अलिकति अगाडि रहेको पाउन सकिन्छ । किसान उत्प्रेरित हुनुपर्ने मुख्य विषय वीमा गरे वापत प्राप्त गर्नेपर्ने दावी भुक्तानी रकम पनि हो ।

वीमा गरेको निश्चित समयभित्र कुनै कारणबश क्षति भएमा सो को विवरण अनुसारको दावी भुक्तानी कसरी र कति पाए ? कृषकको लाभको स्थिति के छ ? भन्नेमा पनि भर पर्ने हुन्छ । कृषकहरुले जुन जुन विषयमा क्षति हुँदा दावी भुक्तानी सजिलोगरी पाउने गर्दछन् त्यसतर्फ स्वभाविक रुपमा उनीहरुको आकर्षण बढ्छ ।

अहिलेको अवस्थामा कृषि तर्फभन्दा पशुतर्फ बढी प्रगति भएको पाउन सकिन्छ । यसको आशय के हो भने कृषि वीमाबाट पैसा पाउनेको संख्या निकै कम छ यसबारे नागरिक अनविज्ञ छन् यसबारे जनचेतना जगाउने र वीमा कम्पनीलाई प्रतिवद्ध बनाई कार्यक्रम संचालन गर्न सक्नुपर्छ यसमा सरकार र सरोकारवाला निकायहरुको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पेस्तोल बरामद

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    Post Thumbnail

    प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution