Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पदिय जिम्मेवारी पुरा गर ! (सम्पादकीय)

प्रत्यूष ९८८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २२, आईतबार (४ साल अघि)
पदिय जिम्मेवारी पुरा गर ! (सम्पादकीय)

धादिङ,२२ जेठ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पदबाहाली गरी कार्यालय काममा फर्केका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु निर्वाचनका बेला नागरिकका घर घरमा जसरी पुगेका एि त्यो पातलिएको छ, कार्यालय कामको शिलशिलामा कार्यालयमा व्यस्त रहेको उनीहरु आगामी कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा छलफल तथा नयाँ नीति तथा कार्यक्रम निर्माण गर्ने अभियानमा जुटेको बुझिएको छ ।

जनताको मतद्धारा निर्वाचित भएका कारण उनीहरुलाई के कसरी नागरिकका मागहरु सम्बोधन गर्ने भन्ने विषय अहिले टड्कारो रुपमा उठिरहेको छ । अहिले दलबाट प्रतिनिधित्व गर्ने वा स्वतन्त्र रुपमा प्रतिनिधित्व गरी विजयी जो जो भएका छन् उनीहरु सबैका लागि नागरिकको आकांक्षा अनुसारको अभिमतको सम्मान गर्ने गरी कार्यक्रम बनाउन सक्नु चुनौतीको विषय हो ।

हुनतः यस अघिका निर्वाचनहरुबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले पनि कामै नगरि बसेका भने कदापी होइनन् । राज्यको नेतृत्व गरेकाहरुले नागरिकका माग तथा आवश्यकता अनुसारको सबै कामहरु सम्पन्न गर्न नसकेका मात्रै हुन् । एउटै स्थानीय तहभित्रमा सबैभन्दा धेरै बजेट हालिएका वा सबैभन्दा धेरै विकास भएका ठाउँहरुकै नागरिकहरुमा पनि अब यसो गर्दिए हुन्थ्यो नि भन्ने जस्ता अपेक्षाहरु राखिएका हुन्छन् यो विकासोन्मुक मुलुकहरुका लागि सामान्य कुरा पनि हो ।

राज्यको नेतृत्व गर्नेहरुले जनताको अभिमत बुझ्नैका लागि अपेक्षा अनुसारको वजेट हाल्न सम्भव नहुन पनि सक्छ, नयाँ नयाँ कार्यक्रम निर्माण गर्दा त्यसको कार्यान्वयनमा कहिलेकाहीँ असहजता आउन पनि सक्छ त्यसलाई समेत ध्यानमा राखेर कार्यक्रम बनाउनु जरुरी छ ।

कार्यक्रम निर्माणको सन्दर्भमा हाम्रो विधि विधान र तरिकाहरु छन् तिनीहरुलाई फलोअप गर्न हालका जनप्रतिनिधिहरु कति तयार हुन्छन् र नागरिकको पहुँच कति हुन्छन् र नागरिकहरुले कति अपनत्व कायम गर्न सकछन् भन्नेमा पनि अहिलेका जनप्रतिनिधिहरुको व्यवहारमा भर पर्ने कुरा हो । कार्यक्रम निर्माण गर्दा जनताको आवश्यकताको प्राथमिकीकरण गरी पहिलो, दोस्रो र तेस्रो कामहरु के कस्ता र कुन तरिकाले गर्ने भन्ने कुराको सुझबुझ पूर्ण तरिकाबाट गर्नुपर्दछ ।

अहिले जनप्रतिनीधिहरु निर्वाचन जितेपछि मै हुँ भन्ने भावनामा अगाडी बढ्ने गरेका गुनासाहरु आएका छन् । जनप्रतिनिधिहरुले राम्रोसंग आफ्नो दायित्व बोध गरेभने यस्ता समस्याको समेत हल हुन सक्छ । म कुन पदमा निर्वाचित भएको छु ? मेरो दायित्व के हो र के के कुराहरुमा सजगता अपनाउने के के काममा नेतृत्व गर्ने जस्ता कुराहरुमा समेत उनीहरु स्पष्ट हुनुपर्दछ ।

मेयर, उप/मेयर, प्रमुख/उपप्रमुख देखी वडा अध्यक्ष, कार्यपालिकाका पदाधिकारीहरु र सदस्यहरु सम्मले आफ्नो दायित्व वा पदिय जिम्मेवारी बुझे भने मात्रै पनि आजसम्म देखिएको आम समस्याहरु हल हुन जानेछन् । त्यसका लागि उनीहरुले आफ्नो बानी÷व्यवहार तथा दैनिक रुपमा आउने आफ्ना जीवनशैलीलाई समेत जनतासंग मेल खाने गरी संचालन गर्न जरुरी छ ।

अहिलेका जनप्रतिनिधीहरुले त्यति मात्रै कुरा सुधार गरे भने वा आफ्नो पदिय दायित्वलाई बुझेर आगामी पाँच बर्षे कार्यभार सम्पन्न गरे भने उनीहरुले नै तयार गरेको आगामी नेतृत्वलाई समेत आगामी कार्यकालमा सजिलो हुनेछ । नेतृत्व तहमा रहेकाहरुले कानून बनाएर अरुलाई तह लगाउने कुरा भन्दा पनि आफू पनि त्यहि कानूनी दायरामा छु भन्ने अनुभूती गरुन् यसले नेतृत्व सहित आम नागरिकमा समेत सकारात्मक प्रभाव पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पेस्तोल बरामद

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    Post Thumbnail

    प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution