Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘प्रेमगन्ज’काे ‘तरबार’मा बेनिशाको नृत्य

प्रत्यूष २०३९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (४ साल अघि)
‘प्रेमगन्ज’काे ‘तरबार’मा बेनिशाको नृत्य

काठमाडौँ, ११ जेठ । 

चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको  प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा अभिनेत्री बेनिशा हमालले नृत्य गरेकी छिन् ।

‘म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिचिएको यो पहिलो गीत हो । म त हप्ता दिनदेखि नै यो गीतलाई लिएर उत्साहित थिएँ । दर्शकलाई पनि मनपर्छ भन्ने अपेक्षा छ,’ गीत सार्वजनिक कार्यक्रममा बेनिशाले भनिन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको यो फिल्मबाट तेज गिरीले डेब्यू गर्दैछन् । बैंकरसमेत तेज गिरीले फरक पेसाबाट फिल्म क्षेत्रमा आउँदा माया र आशीर्वादको खाँचो रहेको बताए । उनले इमान्दारीका साथ फिल्म बनाएकाले दर्शकलाई साथ दिन पनि आग्रह गरे । गीतमा तेज गिरीको पनि अभिनय रहेको छ ।

चलचित्र चौतारीको पहिलो प्रस्तुति ‘प्रेमगन्ज’लाई स्पट ब्वाई राजु फुयालको सहयोगार्थ निर्माण गरिएको हो । फिल्ममा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन् । कार्यक्रममा सम्बोधन गर्दै निर्माता अनन्तमान श्रेष्ठले फिल्म क्षेत्रमा कर्पोरेट क्षेत्रको पनि लगानी रहनुपर्छ तब मात्र यो क्षेत्रको उन्नति हुन्छ भन्ने सोचसहित फिल्म निर्माणमा संलग्न भएको धारणा राखे ।

‘हामीलाई यो क्षेत्रमा ल्याउने श्रेय निर्देशक परिच्छेदजीलाई नै जान्छ । खासमा भित्रिया भएर नै नेपाली फिल्म क्षेत्रलाई बुझौँ न भनेर हामीले यो फिल्मको निर्माण गरेका हौँ । हाम्रो यो यात्रा कति जान्छ , दर्शकमा भर पर्छ,’ उनले भने, ‘तर हामीले दर्शकको रुचि अनुरुपकै फिल्म बनाउने प्रयत्न गरेका छौँ ।’

थुप्रै नेपाली फिल्मको मुख्य सहायक भई काम गरेका परिच्छेद सेनले ‘मदर’, ‘स्ट्राइक’जस्ता अवार्ड विजेता फिल्मको निर्देशन गरेका छन् । ‘प्रेमगन्ज’ भने उनको फिचरमा डेब्यू हो । उनले मनोरञ्जक चलचित्र बनाउने प्रयास गरेको बताएका थिए ।

वाइल्ड रिपर्ज क्रिऊको कोरियोग्राफी रहेको गीतलाई किरण भुषालले संगीत गरेका हुन् भने गीतमा शब्द रहेको छ, पुरुषोत्तम ढुंगेलको । गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर रहेको छ । सञ्जय लामाको छायांकन रहेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

फिल्ममा तेज र बेनिशाका अलावा सम्पदा बानियाँ, सुरक्षा पन्त, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसाइली, गित विष्ट आदिको अभिनय रहेको छ । फिल्मबाट प्रशन्न श्रेष्ठ, सुप्रिया खनाल र सिमरन खड्काले डेब्यू गर्दैछन् ।

भिडियो लिंक- https://www.youtube.com/watch?v=b4g23T8TSNE

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

  • Post Thumbnail

    बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

  • विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

    विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ : मुख्यमन्त्री भट्ट

  • Post Thumbnail

    स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

    Post Thumbnail

    पाल्पामा विपद्ः दश वर्षमा १०२ जनाको मृत्यु

    Post Thumbnail

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    Post Thumbnail

    बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution