
काठमाडौं, ५ जेठ
आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शृंखला लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकासम्मिलिन त्रिदेशीय शृंखला अमेरिका मै हुने तालिका छ ।
लिग २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको ओमानले ३२ खेलबाट ४० अंक जोड्दा पाँचौ स्थानको अमेरिकाले १६ खेलबाट १४ अंक जोडेको छ ।
नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किसोर महतो, सागर ढकाल

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |