Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङका कार्की सहित यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

प्रत्यूष २२५५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १, आईतबार (४ साल अघि)
धादिङका कार्की सहित यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

काठमाडौं, १ जेठ । 

स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ ।

सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । विजयी हुने र उनका प्रतिस्पर्धीको मतान्तर धेरै देखिँदैन ।

कतिपय उम्मेदवारहरूले आफ्नोबाहेक अरू कसैको पनि भोट पाउन सकेको देखिँदैन । अर्थात् उनीहरूले एक मत मात्र पाएका छन् । त्यो उनी आफैंले दिएको मत मात्र । या कुनै एक व्यक्तिले मात्र दिएको मत हो ।

यतिसम्म कि उनीहरूलाई आफ्नै घरका सदस्यहरूले समेत पत्याएको देखिँदैन । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा उम्मेदवार बनेका यामयाङ टासीलाई आफूबाहेक कसैले पनि पत्याएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका टासीले एक मत मात्र पाए ।

जहाँ एमालेका कान्छा घले निर्वाचित भएका थिए । उनले ८६१ मत पाएका थिए । तीन हजार ५ सय ३५ मतदाता रहेको ङिस्याङमा एक हजार पाँच सय ७४ मत खसेको थियो । तर, टासीले एक मत मात्र पाए।

धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका उम्मेदवार दिवश कार्कीले एक मत मात्रै पाए । २९ वर्षीय कार्कीले आफ्नो मात्र भोट पाएका हुन् ।

वडाध्यक्षमा ६२० मत ल्याएर कांग्रेसका राजु लोप्पा विजयी भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अर्जुन शाही ठकुरीले ६१७ मत पाए । तीन मतको अन्तरले लोप्पा विजयी भएका थिए । एक हजार ७७४ मत खसेको थियो ।

धादिङ र मनाङका उम्मेदवारले मात्र नभएर अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका कतिपय स्थानीय तहका कतिपय उम्मेदवारले एक मत मात्र पाइरहेका छन् । यस्ता उम्मेदवारको धरौटीसमेत जफत हुनेछ ।

नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ताका लागि १५ सय रुपैयाँ धरौटी राख्नुपर्छ । त्यसमा महिला, दलित तथा अल्पसंख्यक समुदायका वा विपन्न उम्मेदवारलाई आधा छुट हुने व्यवस्था छ ।

वडाध्यक्षका लागि एक हजार र सदस्यका लागि पाँच सय रुपैयाँ धरौटी तिर्नुपर्छ । उम्मेदवारले सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा त्यस्तो धरौटी जफत हुने व्यवस्था छ । जफत भएको रकम सञ्चित कोषमा जम्मा हुनुपर्ने नियम छ ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ५० भन्दा बढी नगरपालिकाका उम्मेदवारले एक मत मात्रै पाएका थिए । काठमाडौं, भक्तपुर, ललितपुरदेखि कतिपय जिल्लाका नगरपालिकाको मेयरका उम्मेदवारले नै एक मत मात्र पाएका थिए । त्यस्तै वडाध्यक्ष, वडासदस्यका उम्मेदवारले पनि त्यसरी नै आफ्नोबाहेक अरू कसैको मत पाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

  • Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

  • Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

    Post Thumbnail

    बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

    Post Thumbnail

    दसैँ नजिकिएसँगै काठमाडाँैका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution