Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

प्रत्यूष ३१९ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (३ साल अघि)
राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

काठमाडौँ, २९ साउन ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने घोषणासँगै दलका सबै गतिविधि निर्वाचन केन्द्रित बन्न पुगेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले राजनीतिक दलले आआफ्ना बैठक, भेला, प्रशिक्षणलगायतका सबै गतिविधि निर्वाचन केन्द्रित तुल्याउँदै लगेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन केन्द्रित बैठक र भेला सुरु भएका छन्, अब उम्मेदवार सिफारिसको क्रम चलेसँगै थप चुनावी माहोल बन्नेछ, केही समयमै चुनावी जागरण अभियान चल्छ ।”

नेपालीको यस वर्षका मुख्य चाड दसँै, तिहार र छठमा हुने साथीभाइ तथा आफन्तजनबीचको भेटघाटले थप चुनावी रौनक प्रदान गरी चहलपहल र प्रचारप्रसारले तीव्रता पाउनेछ । नेकपा ९एमाले०का केन्द्रीय सदस्य गणेशकुमार पहाडीले मुलुकका सबै राजनीतिक दलका गतिविधि पूरै निर्वाचन केन्द्रित भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीले सञ्चालन गर्ने शुद्धीकरण र सुदृढीकरण अभियानलाई निर्वाचन अभियानकारुपमा जोडेर लगेको छ, बैठक, भेला र प्रशिक्षण चुनाव केन्द्रित गरिएको छ, एमालेले घोषणापत्र निर्माण समिति र निर्वाचन परिचालन मूल कमिटी पनि घोषणा गरिसकेको छ ।”

आगामी निर्वाचनलाई केन्द्रित गरी मुलुकका प्रमुख राजनीतिक शक्तिबीच गठबन्धन र चुनावी तालमेलका विषयमा दिनहुँजसो वार्ता तथा संवाद चलिरहेको छ भने जिल्ला तहमा सम्भावित उम्मेदवारको छनोटका लागि चर्चा परिचर्चा सुरु भइसकेको छ ।

नेकपा (माओवादी केन्द्र) की नेत्री जयपुरी घर्तीले  पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटीका बैठक बसिरहेकाले उनीहरुले गर्ने निर्णयपछि स्थानीय तहमा निर्वाचन लक्षित कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही समयपछि प्रशिक्षण सुरु हुन्छ, त्यो जनतासमक्ष पुग्ने योजना छ, अब सबै गतिविधि निर्वाचन केन्द्रित हुन्छ ।” अर्कोतर्फ निर्वाचन आयोगले पनि ७६ बुँदाको निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र निष्पक्ष तुल्याउन अर्जुनदृष्टिका साथ मूल लक्ष्यतर्फ अग्रसर भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालिकामा मिति घोषणादेखि निर्वाचन अवधि प्रारम्भ, बजेट अनुमान, राजनीतिक दल दर्ता र स्वीकृति, उम्मेदवारी मनोनय, निर्वाचन अधिकृत खटनपटन, मतदाता नामावली र मतपत्र छपाइ, निर्वाचन सामग्री व्यवस्थापन, ढुवानी, अनुगमन तथा मतदान र मतगणनासम्मका विषयवस्तु समेटिएको छ ।

उहाँले भन्नुभयो, “अबको आयोगको अन्तिम गन्तव्य वा अर्जुनदृष्टि भनेको आगामी मङ्सिर ४ गतेको निर्वाचन नै हो, निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने र मिल्ने तयारी गरिसकेको छ ।”

सरकारले यही साउन १९ गते आगामी निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन तयारीका लागि आयोगसँग एकसय सात दिन उपलब्ध छ । आयोगले अहिले खासगरी निर्वाचनसम्बन्धी विभिन्न कार्यविधिलाई अन्तिम रुप दिने र निर्वाचन सामग्री व्यवस्थापन तयारीलाई उच्च प्राथमिकता दिएको छ । आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दललाई दल दर्ताका लागि आयोगले यही साउन ३१ गतेसम्मको समय प्रदान गरेकामा शनिबारसम्ममा ४० दलले दर्ताका लागि निवेदन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

  • शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

  • राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

  • नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ३ गते बिहिबार

    २०८२ पुस ३ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution