Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नीलकण्ठ नगरपालिकालाई बहुप्राविधिक शिक्षालय सन्चालन गर्ने अनुमति, यसैबर्षदेखि कक्षा सन्चालन गरिने

प्रत्यूष १२३६ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २३, सोमबार (४ साल अघि)
नीलकण्ठ नगरपालिकालाई बहुप्राविधिक शिक्षालय सन्चालन गर्ने अनुमति, यसैबर्षदेखि कक्षा सन्चालन गरिने

धादिङ,२३ साउन ।
धादिङको नीलकण्ठ नगरपालिकाले नीलकण्ठ बहुप्राविधिक शिक्षालय सन्चालनको लागि अनुमति पाएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट स्विकृति प्राप्त भएसँगै कक्षा सन्चालनको लागि बाटो खुलेको हो ।आईतबार नगर प्रमुख भीम प्रसाद ढुंगाना,उप प्रमुख दीपक विश्वकर्मा सहिको टोलीले अनुमति प्राप्त भएको चिठ्ठी बुझ्नु भएको छ ।

पहिलो चरणमा डिप्लोमा इन इन्जिनियरिङ (स्पेसल हाइड्रो पावर) ४० र अटोमोबाइल २४ सिटमा यसै शैक्षिक सत्रबाट कक्षा सुरु गरिने भएको छ । फार्मेसी चिकित्सा शिक्षा भने आयोगको केहि प्रकृया पुरा गरेपछि मात्र सन्चालन गरिने भएको छ ।
भौतिक पुर्वाधार कक्षा,कोठा,प्रयोगशाला्कार्यशालाहरु,पुस्तकालय,मानव संसाधन र प्रयोगात्मक अभ्यासको सम्पुर्ण तयारीको लागि नीलकण्ठ नगरपालिकाले १ करोड ५० लाख रुपैँया बिनियोजित गरिसकेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो ।

निर्वाचन अघि आफुहरुले गरेको प्रतिबद्धता र जनताको चाहना, समयसापेक्ष शिक्षाको मागअनुरुप बहुप्राविधिक शिक्षालय सन्चालनमा ल्याईएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो । ढुंगानाले भन्नुभयो,‘हिजो हामीले जनतासँग जुन जीवनोपयोगी, सीपमूलक शिक्षा बनाउने प्रतिबद्धता जाहेर गरेका थियौँ, त्यहीअनुरुप एक कदमअघि बढेका हौँ’ ।अब सम्बन्धन पाइसकेका छौँ’, ढुंगानाले भन्नुभयो, ‘बाँकी भौतिक पूर्वाधार जनशक्तिको काममा अघि बढ्छौँ ।’

नीलकण्ठ बहुप्राविधिक शिक्षालय सन्चालनको अनुमति पाउनु र यसै आर्थिकबर्षबाट कक्षा सन्चालन हुनु गौरवको कुरा भएको नगर उप प्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभयो । आफ्नो एक दशकको सपना पुरा भएको भन्दै उप प्रमुख दीपक विश्वकर्माले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ । बाहिर गएर बढी शुल्क तिरेर पढ्नुपर्ने बाध्यता हट्ने भन्दै विश्वकर्माले यसले दक्ष जनशक्ति समेत उत्पादन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

  • Post Thumbnail

    चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

  • Post Thumbnail

    रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

  • पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

    पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

    Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

    Post Thumbnail

    यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता

    Post Thumbnail

    चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution