Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ३०, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रूपन्देही

यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता

रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

रूपन्देही, ३० असोजः रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत्लगायत चाडपर्वका अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सांसदहरूले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र व्यावसायिक रूपमा सबल बनाउन विद्यमान कानुन समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले तीन तहका सरकारबीच समन्वयको अभाव, फरक-फरक नीति तथा कानुन, विकास निर्माणका जटिल प्रक्रिया र नियमनमा देखिएका कमजोरीले सरकारी कामकारबाही प्रभावित भइरहेको बताउनुभयो । उहाँले नवीन सोच र प्रभावकारी कार्यान्वयनमार्फत सार्वजनिक सेवा तथा विकास निर्माणलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद मञ्जु भुसालले देशमा तीव्र पूर्वाधार विकास र सुशासन कायम गर्न सरकार तथा संसद् प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सुकुमवासी समस्या समाधानलगायत विषयमा पनि सरकारले काम अघि बढाएको जानकारी दिनुभयो । विद्यमान कानुनलाई समयानुकूल सुधार गर्दै जनअपेक्षाअनुसार विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

सांसद अमृता विकले यातायात क्षेत्रसहित समग्र व्यवसायीका हकहित संरक्षण र समस्या समाधानका लागि आफूहरू दृढतापूर्वक साथ दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सञ्चालन खर्चमा बढोत्तरी, सवारीसाधनको सङ्ख्या वृद्धि र सरकारी नीतिका कारण यातायात व्यवसायी समस्यामा परेकाले यसतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताउनुभयो । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि पर्याप्त चार्जिङ स्टेसन, पार्टपुर्जाको उपलब्धता, मर्मतसम्भार तथा सञ्चालन दूरीसँग सम्बन्धित चुनौती कायमै रहेको उहाँको भनाइ छ ।

अध्यक्ष खरेलले यातायात क्षेत्रका समस्या समाधानका लागि कानुनमा सुधार, वैज्ञानिक आधारमा भाडादर निर्धारण, प्रभावकारी अनुगमन, बसपार्क तथा पार्किङ व्यवस्थापन र यात्रु एवं व्यवसायीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यी विषयमा आवश्यक पहल गर्न उहाँले सांसदहरूमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा व्यवसायीहरूले यातायात क्षेत्रका समस्या, व्यवसायीका माग तथा समाधानका सम्भावित उपायबारे जानकारी गराउनुभएको थियो । यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र प्रभावकारी यातायात व्यवस्थापनमा सरकार, व्यवसायी, चालक, सहचालक तथा यात्रु सबै जिम्मेवार हुनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका छन् । यातायात क्षेत्रका समस्या समाधानका लागि सांसदहरूले प्रतिबद्धता जनाए पनि कानुनी सुधार, भाडादर निर्धारण र पूर्वाधार व्यवस्थापनका विषयमा ठोस निर्णय तथा कार्यान्वयन हुन बाँकी रहेको व्यवसायीहरूको भनाइ छ ।

  • प्रतिनिधिसभा
  • रूपन्देही
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

  • Post Thumbnail

    कोशी प्रदेश सरकारद्वारा धन्यवाद व्यक्त

  • मधेसी आयोगद्वारा प्रदेश प्रमुखसमक्ष आठौँ वार्षिक प्रतिवेदन पेस

    मधेसी आयोगद्वारा प्रदेश प्रमुखसमक्ष आठौँ वार्षिक प्रतिवेदन पेस

  • Post Thumbnail

    मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

    कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

    Post Thumbnail

    कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

    Post Thumbnail

    स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

    Post Thumbnail

    यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution