
रसुवा, ३० असोजः बाढीले क्षति पुर्याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङका स्थानीय बासिन्दाहरूको सक्रियतामा पदमार्गको पहिरोभन्दा माथि र रिमिचेभन्दा तल पहिरो गएका स्थानहरूमा श्रमदान गरी मार्ग सुधार गरिएको हो ।
गोसाइँकुण्ड-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार स्थानीयवासीको प्रत्यक्ष सहभागितामा पहिरोले बढी क्षति पुर्याएका मुख्य-मुख्य ठाउँहरूमा मर्मत कार्य सम्पन्न गरिएको छ । गत भदौ १० गते आएको भीषण बाढीले लाङटाङ प्रवेश गर्ने मुख्य द्वारका रूपमा रहेको स्याफ्रु बजारमा पूर्ण क्षति पुर्याउनुका साथै स्याफ्रु जोड्ने सडक पुलसमेत बगाएको थियो ।
मुख्य द्वार र पुल बगाएर आवतजावत ठप्प भएपछि हाल पर्यटक तथा स्थानीय बासिन्दाका लागि वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । पदमार्ग मर्मत भएसँगै उक्त क्षेत्रमा आवतजावत सुरक्षित बनेको गाउँपालिकाले जनाएको छ ।
नयाँ तय गरिएको वैकल्पिक मार्गअनुसार अब सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै दुई दिनको पैदल यात्रामा लाङटाङ पुग्न सकिन्छ । पदमार्ग खुला भएसँगै पर्यटन क्षेत्रमा पुनः उत्साह थपिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |