Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सन्दर्भ प्रकृतिक प्रकोपको ।(सम्पादकीय

प्रत्यूष ३९९ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १२, बिहिबार (३ साल अघि)
सन्दर्भ प्रकृतिक प्रकोपको ।(सम्पादकीय

धादिङ,१२ साउन।

यतिबेला मध्य वर्खाको समय चलिरहेको छ । पन्ध्र असारदेखी सुरु भएको मध्य वर्खाले यतिबेला आफ्नो उच्च रुप देखाईरहेको फलस्वरुप विभिन्न स्थानहरुमा बाढी पहिरोको कारण आम नागरिकहरुले सास्ती भोग्नु पररहेको छ ।

हुनत यस अधिकाशं वर्खायाममा पनि यस्ता प्रकारकार घटनाहरु घटिरहेकै थिए । पानी पर्ने सिजनमा आइपर्न सक्ने समस्याहरुमाथि अनुमान नजर अन्दाज गर्न नसक्दा धेरै समस्याहरु झेल्नु परिरहेको कुरा आम नागरिकहरुमा छर्लङ्गै छ । यस वर्ष जिल्ला जिल्लामा आइपरेको विभिन्न प्राकृतिक प्रकोपले फेरीपनि हामिलाइ प्राकृतिक प्रकोपका बारे सम्झनुपर्ने कुरामा झक्झकाएको छ ।

धादिङ जिल्ला लगायत देशैभरीका अधिकाँश जिल्लाहरुमा झरी, वा भारी बर्षाका कारणले कुनै न कुनै प्राकृतिक प्रकोप परिरहेको कुरा लुकाउनुपर्ने कुरा होइन । जुन कुरा हामीहरुमाथी परिरहेको छ त्यो कुरा सामाजिक संजाल प्रयोग गर्नेहरुले आफ्नै घरमा बसेर पनि हेरिरहेका छन् । जस जसले अहिले परिरहेको प्रकोपको बारेमा जानकारी लिए उनीहरु पछुतो बाहेक केही मानिरहेका छैनन्।

प्राकृतिक प्रकोपले देशैभरीका नागरिकहरुलाई पछुतो बनाएको छ र पुनः एकपटक यस संग सरोकार राख्नेहरुलाई यो किन आयो ? कसरी आयो ? वा कहाँ कहाँ यस्तो भयो भनेर सोच्न समेत बाध्य बनाएका हुनुपर्छ । हामीहरुले वर्षा याममा हुनसक्ने प्राकृतिक प्रकोपको बारेमा नसोच्ने हो भने कुनैबेला यसले कुरुप रुप लिनसक्ने समेत अनुमान लगाइएको छ ।

हो साच्चै यतिबेला ठूलो धनमाल तथा नागरिकको जीउ धनको सुरक्षा समेत गर्न सकिएन किन ? राज्यसंग सबै प्रकारको संरचना छ । व्यवस्थापन गर्नका लागि आवश्यक साधन र प्रकोपबाट बच्नका लागि गर्नुपर्ने सबै खालका समस्या समाधानका लागि आवश्यक जनशक्ति तथा अर्थ व्यवस्थापनका सरचनाहरु समेत सक्रिय छ तर, वर्षेनि ठाउँ ठाउँमा त्यस्तै घटना दुर्घटना वा प्रकोपका कारण ज्यान गुमानेहरुको संख्या बढीरहेको छ। यसले राज्यसमेत यस विषयमा गम्भीर बन्न सकिरहेको छैन ।

आगामी वर्ष आउनसक्ने प्रकोपको सम्भाव्यता क्षेत्रको अनुमान तथा सोही अनुरुप कार्य गर्न सकेको भए सायद अहिले यस्तो खालको समाचार हेरेर पछुताउनुपर्ने थिएन । केही स्थानमा घटेका घटनाहरुको समिक्षा गर्ने हो भने, मुख्यतः सडक खन्ने क्रममा पानी जाने नालाहरु अनियन्त्रित भएका कारण पनि पहिरोको समस्या देखिएको छ ।

सामान्य खालका नालाहरु मर्मत, व्यवस्थापन तथा नाला पुरानो समयदेखी संचालनमा रहेका नालाहरुको बाटो परिवर्तन गरिदिँदा त्यस खालको समस्या आईरहको पाइएको छ । विकास निर्माण वा नयाँ कामका लागि निर्माण गरिएका नयाँ खालका संरचनाहरु अहिले बाढी पहिरोको कारक तत्व भैरहेका छन् भने, खोला नालाको अतिक्रमण पनि शहर बजार क्षेत्रका लागि अर्को कारक हो ।

बजारक्षेत्रका विस्तारका कारण अहिले यो भैरहेको कुरा आम नागरिकहरुमा परिरहेको छ, तरपनि व्यवस्थापन गर्ने पक्ष को ? खोलामा बनेको घर भत्काउने कसले ? खोला नालाहरु पहिलेकै अवस्थामा फर्काउन हिम्मत कसले गर्ने ? लगायतका प्रश्न उठेका छन् यसर्थ आगामी दिनमा वर्षातको समयमा देखिने यो खालको प्राकृतिक प्रकोप न्यूनिकरणका लागि सबै पक्ष, सरकारमा सहभागी नेतृत्वदेखी आम नागरिक, यससंग सरोकार राख्ने वा विज्ञता हासिल गरेकोहरुदेखी सबैले ध्यान दिनु जरुरी छ । बाढी पहिरोजन्य समस्याबाट जोगिनका लागि एकल प्रयासले सम्भब हैन भन्ने बुझौं ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • सप्तकोशीमा डल्फिन गणना

    सप्तकोशीमा डल्फिन गणना

  • प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

    प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution