Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश

प्रत्यूष ९७३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ९, बिहिबार (४ साल अघि)
रग्बी १५ मा नेपाल आधिकारिक प्रवेश

काठमाडौ, ९ असार ।
कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ ।

प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो ।बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज– २०२२ को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्यो । बंगलादेशले नेपाललाई ३१–७ स्कोरले पराजित गर्यो ।

खेलपछि नेपाली प्रशिक्षक टंकराज गिरीले भने – ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ । अब नेपालको रग्बीमा अगाडी बढ्ने ढोका खुल्यो ।’नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ । विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो । त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ ।

कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुशी हुँदै भने– ‘रग्बी सेभन खेलेको दशक बढी भइसक्यो । तर आज आएर बल्ल १५ आफ्नै कप्तानीमा खेल्न पाए । ज्यादै खुशी छु । अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुने छ ।’

नेपाल अहिलेसम्म डिभिजन विहीन । रग्बी १५ खेलेपछि अब त्यो वाटो खुल्नेछ ।बुधवार भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक) मात्र गर्न सक्यो ।

तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थप्यो र नेपाललाई दबावमा राख्यो ।यद्यपि खेलको अन्तिम समयमा भने नेपालले खेल पूर्ण रुपमा नियन्त्रणमा राख्यो र  एक ट्राई (५ अंक) हान्न सफल भयो ।

विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन् । यो संगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने ।ट्राई गरेपछि सीधा पोष्टमा कन्भर्सन (गोलपोष्टमा सीधा हान्ने) को अवसर पाउँछ । श्रीराम श्रेष्ठले उक्त कन्भर्सन मा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो । खेलपछि नेपाली  र बंगलादेशी खेलाडीहरुले संयुक्त रुपमा खुशीयाली मनाए ।

विराटको कीर्तिमान 
३१ वर्षीय विराट टोलीका उपकप्तान हुन् । मैदान प्रवेश गर्नु अगाडि उनले भनेका थिए– ‘रग्बी खेलिकन अझैसम्म एक ट्राई हानेको छैन । आज हान्ने हो ।’
भने जस्तै उनले आज उत्कृष्ट स्कोर गरे । खेलको ७५ औं मिनेटमा टोलीका अग्ला खेलाडी श्रीरामले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनी बल लिएर  स्कोर लाइनमा डाइभ हानेका थिए ।
विराटले भने– ‘यो मेरो करिअरको पहिलो स्कोर हो, त्यो पनि रग्बी १५ मा गर्न पाँउदा हर्षित छु । स्कोर गरेपछि म साँच्चै नै रोएको थिएँ ।’
बाग्लुङमा जन्मिएका विराट नेपाली रग्बी टोलीका पुराना सदस्य मध्येका एक हुन् । नेपाली रग्बीको विकासमा उनलाई एक महत्वपूर्ण सदस्य मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

  • Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

  • Post Thumbnail

    पोखरामा कात्तिक १४ गतेदेखि राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

    Post Thumbnail

    विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution