Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती

प्रत्यूष ९५५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ८, बुधबार (४ साल अघि)
यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती

काठमाडौं, ८ असार। 

चार वर्षअघि सुशासन, सामूहिक निर्णय–नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा) को नेतृत्वमा आयो । यस समूहले दुई दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो ।

यसपछि एन्फाको नेतृत्वमा आयो कर्माछिरिङ र पंकज विक्रमको समूह । सामूहिक नेतृत्व र आर्थिक पारदर्शितासहित विभिन्न नारा बोकेको यो समूह आन्तरिक द्वन्द्व र स्वार्थगत राजनीतिमा ढुप्दै दुई समूहमा ध्रुवीकरण भयो ।

एकै समूहबाट नेतृत्वमा आएको यस टिम चार वर्ष पनि टिक्न सकेन र अन्त्यमा एक अर्कालाई सक्काउन लाग्यो । उपाध्यक्ष भएको एक वर्षपछि मात्रै विभिन्न लडाइँका साथ वरिष्ठ उपाध्यक्ष पाएका पंकजविक्रम नै एन्फा अध्यक्षमा प्रत्यासी रहे ।

अन्त्यमा कर्माको चिरप्रतिद्वन्द्वी बन्दै पंकज एन्फामा नयाँ शक्तिको रुपमा उदाय । गत सोमबार (६ असार) मा भएको एन्फाको साधारणसभामा नेतृतव चयनका लागि भएकाे चुनावमा ६ मतले कर्मालाई पछि पार्दै एन्फाको नयाँ अध्यक्षको रुपमा पंकज निर्वाचित भए ।

कर्मा सत्तामा रहँदा नेतृत्वलाई असहयोग गर्दै आएका, नोट अफ डिसेन्ट बुझाउँदै आएका पंकजलाई अबको चार वर्षे कार्यकालमा एन्फा हाक्न पक्कै सहज हुने छैन । कर्माकै भाषामा असहयोग गर्दै आएका पंकजलाई गर्नुपर्ने काम र चुनौतीका ठूला चाङ छन् ।

खेलाडी-प्रशिक्षक विवाद, नेपाल सुपर लिग (एनएसएल) र असन्तुष्ट ए डिभिजन लिग क्लब विवाद, रोकिएको राष्ट्रिय लिग, नियमित र व्यवस्थित सहिद स्मारक लिग, रौतहटमा रोकिएको महिला एकेडेमी, कास्कीको भेडाबारीमा टेण्डर आह्वान गरिसकेको बहुउद्देश्यीय खेलग्राम, फिफाले एन्फालाई गरेको आर्थिक नाकाबन्दी लगायत निकै चुनौती छन् ।

यी त भए देखिने चुनौती, अझ भित्रिरुपमा हेर्ने हो भने यहाँ क्लब, जिल्लाको बिग्रिएको सम्बन्ध सुधार गर्नुछ । कहिले विदेश भ्रमण त कहिले भत्ताका विषय, यसले समेत समूहबीच नै टकराव ल्याउन सक्छ । अझ एन्फामा हुने विभिन्न योजना आफ्नो र आफू अनुकूलको टेण्डर पार्न सबैभन्दा धेरै हानथाप र लडाइँ हुने गर्दछ ।

एन्फाको अध्यक्ष निर्वाचित भएसँगै पंकजविक्रम नेम्वाङले कर्मा टिम पराजय नभएको र उपविजयी भएको प्रतिक्रिया दिएका थिए । यस्तै उनले फिफाको आर्थिक प्रतिबन्ध फुकुवा गर्नु, एन्फा र जिल्लाबीच बिग्रिएको सम्बन्ध बनाउनु आफ्नो चुनौती रहेको बताएका छन् ।

‘एन्फा र जिल्लाबीचको सम्बन्ध राम्रो छैन । सबै बिग्रिएको सम्बन्धलाई एउटै मालामा एकजुट भएर सम्बन्ध बनाउने छौं ।  हामी अहिले फिफाको प्रारम्भिक आर्थिक प्रतिबन्धमा छौं, त्यसलाई फिफासँग कुरा गरेर समाधान गर्नेमा लाग्छौं,’ ५१ वर्षीय नेम्बाङले भनेका छन् ।

यस्तै उनले एनएसएलमा केही क्लबको रिजर्भेसन रहेको र केही बुँदामा ध्यानाकर्षण भएकाले त्यसलाई छलफल गर्ने समाधान निकाल्ने बताएका छन् ।

सोमबार भएको निर्वाचनमा पंकज समूहले ‘क्लिन स्विप’ भने गर्न असफल भयो । यद्यपि कार्यसमितिमा बहुमत भने बनाएको छ । अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चारमध्य तीन उपाध्यक्ष आफ्नै समूहबाट पाएको छ । यस्तै ६ सदस्यमा समेत पंकज समूहका नै छन् । अब, आफ्नो समूह र पराजित कर्मा समूहलाई मिलाएर अगाडि बढ्नु पंकजका लागि ठूलो चुनौतीको विषय छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

  • Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

  • Post Thumbnail

    पोखरामा कात्तिक १४ गतेदेखि राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

    Post Thumbnail

    विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution