Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नवलपुर

नवलपुरका युवा उद्यमी डिजिटल पहुँच खोज्दै

नवलपुरका युवा उद्यमीहरू आफ्ना उत्पादनलाई संसारसामु परिचित गराउने उद्देश्यले डिजिटल पहुँच विस्तारमा लागेका छन् । रैथाने उत्पादनको व्यापार प्रवर्द्धन गर्नका लागि उनीहरू डिजिटल पहुँच विस्तारमा लागेका हुन् ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १४, सोमबार (३ घण्टा अघि)
नवलपुरका युवा उद्यमी डिजिटल पहुँच खोज्दै

नवलपुर (नवलपरासी), १४ मङ्सिरः नवलपुरका युवा उद्यमीहरू आफ्ना उत्पादनलाई संसारसामु परिचित गराउने उद्देश्यले डिजिटल पहुँच विस्तारमा लागेका छन् । रैथाने उत्पादनको व्यापार प्रवर्द्धन गर्नका लागि उनीहरू डिजिटल पहुँच विस्तारमा लागेका हुन् ।

जिल्लामा रैथाने उत्पादनले भोगिरहेका चुनौती तथा बजार विस्तारमा आफैँले निःशुल्क कसरी काम गर्न सकिन्छ भन्ने विषयमा विजय विकास स्रोत केन्द्रले युवा उद्यमीहरूलाई प्रशिक्षण दिएर बजारसँग जोड्ने काम गरेको छ । आइतबार आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले पछिल्लो समय रैथाने उत्पादनले विस्तारै उपभोक्ताको मन जित्न लागेको बताउनुभयो । रैथाने उत्पादनले बजारमा विभिन्न चुनौती भोगिरहेको भन्दै त्यस्ता चुनौतीको समाधान गर्न सकेमा बजारको सम्भावना बलियो भएको उहाँले बताउनुभयो ।

“स्थानीय रैथाने उत्पादनका वर्तमान समयमा चारवटा चुनौतीहरू रहेका छन्”, अध्यक्ष सापकोटाले भन्नुभयो, “ती चुनौतीहरू सीमित बजार पहुँच, प्याकेजिङ र मूल्य कमी, ब्रान्डिङ र प्रस्तुति अभाव तथा डिजिटल आत्मविश्वास कमी रहेका छन् ।”

रैथाने उत्पादनको औपचारिक तथा डिजिटल बजारसँग सम्बन्ध नभएको, आकर्षक प्याकेजिङ तथा वस्तुको मूल्य उद्यमी आफैँले निर्धारण गर्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । त्यस्तै रैथाने उत्पादनमा मौलिकता तथा गुणस्तर देखाउने सीप नभएको भन्दै अध्यक्ष सापकोटाले त्यस्ता उत्पादनमा अनलाइन सूचीकरण तथा ग्राहक संवाद अनुभव नभएको बताउनुभयो ।

जिल्लामा रैथाने उत्पादनको वर्तमान अवस्थामा कोदो तथा अदुवा बेसारका शुद्ध स्थानीय उत्पादन, बाँस एवं खरका सामग्री तथा हाते बुना कपडा र स्थानीय परिकार तथा सांस्कृतिक घरबास सेवा रहेका उहाँले बताउनुभयो । यी नवलपुरका रैथाने खाद्य तथा मसला, परम्परागत हस्तकला तथा मौलिक परिकार र घरबास सेवालाई डिजिटल बजार पहुँच विस्तार गर्नसके स्थानीय उत्पादनको प्रवर्द्धनसँगै युवा उद्यमीहरूलाई आर्थिक रूपमा बलियो बनाउन सकिने अध्यक्ष सापकोटाले बताउनुभयो ।

कार्यक्रममा विजय विकास स्रोत केन्द्रका पूर्वअध्यक्ष नारायण सापकोटाले जिल्लामा रैथाने उत्पादन धेरै भए पनि उत्पादक र ग्राहकको भेट हुन नसक्दा बजारीकरणमा समस्या रहेको बतानुभयो । उत्पादक र ग्राहकको भेट गराउने काम डिजिटल माध्यम तथा सामाजिक सञ्जालबाट गर्न सकिने उहाँको भनाइ छ ।

“अहिले उत्पादक र उपभोक्ताको दूरी कम गराउन डिजिटल्ली अथवा सामाजिक सञ्जालको माध्यमबाट पस्किन सकिन्छ”, उहाँले भन्नुभयो, “नवलपुर उत्पादनका हिसाबले महत्त्वपूर्ण जिल्लाको रूपमा रहेको छ, यहाँ धेरै प्रकारका रैथाने बाली उत्पादन हुने भएकाले यसलाई बजारसँग जोड्न सामाजिक सञ्जालको भूमिका महत्त्वपूर्ण रहन्छ ।”

स्थानीय उत्पादनलाई अन्य जिल्लामा बिक्रीका लागि पुर्याइने गरेको उल्लेख गर्दै सापकोटाले उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापना गराउन सामाजिक सञ्जालले सघाउने बताउनुभयो । “यहाँको उत्पादन यहाँका ग्राहकलाई थाहा छैन, अन्य माध्यमबाट बाहिर जाने गरेको छ”, उहाँले भन्नुभयो, “हामीले उत्पादक र ग्राहकलाई चिनाउन पनि सामाजिक सञ्जालको उपयोग गर्नुपर्छ, जसले उत्पादक र उपभोक्ताबीच सम्बन्ध बनेर उत्पादनको ब्रान्डिङ हुनसक्छ ।” रैथाने उत्पादनको गुणस्तर कायम हुन नसकेको भन्दै उहाँले गुणस्तरलाई घट्न दिन नहुने बताउनुभयो ।

सामाजिक सञ्जालमा उपलब्ध मार्केट प्लेस तथा हाम्रो बजार जस्ता सञ्जालमा जोडिएर आफ्ना उत्पादनको निःशुल्क प्रचार तथा प्रवर्द्धन गर्न सकिनेतर्फ काठमाडौँ विश्वविद्यालयका सन्तोष भट्टराईले जिल्लाका युवा उद्यमीहरूलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले सामानलाई कसरी मार्केट प्लेस, हाम्रो बजारजस्ता सामाजिक सञ्जालमा राख्न सकिन्छ, कसरी उपभोक्ता एवं सेवाग्राहीको जिज्ञासाको उत्तर दिन सकिन्छ भन्ने विषयमा समेत युवा उद्यमीहरूलाई जानकारी गराउनुभएको थियो ।

विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक दीपनारायण सापकोटाले रैथाने उत्पादनको व्यापार प्रवर्द्धन तथा डिजिटल बजार पहुँच विस्तार कार्यशालामा विभिन्न पालिका तथा समूहबाट ३० जनाभन्दा बढी युवा उद्यमी सहभागी रहेका बताउनुभयो । कार्यशालामा घरबास सञ्चालक, हस्तकलाका सामान निर्माता, अचार निर्माता, झोल साबुन तथा सरफ निर्माता, घरेलु ढाका कपडा निर्मातालगायत युवा उद्यमीको सहभागिता थियो ।

  • काठमाडौँ
  • नवलपरासी
  • नवलपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

  • Post Thumbnail

    चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

  • Post Thumbnail

    क्षतिग्रस्त खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण सुरु

  • Post Thumbnail

    चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पशुधन गुमाएका किसानलाई राहत

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution