Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुगु

रोकायालाई त्रिविको सम्मान

रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि क्रियाशील मुगुको छायाँनाथ रारा नगरपालिका–९, मुर्माका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राणीशास्त्र केन्द्रीय विभागबाट सम्मानित हुनुभएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार (७ घण्टा अघि)
रोकायालाई त्रिविको सम्मान

मुगु, १३ मङ्सिरः रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि क्रियाशील मुगुको छायाँनाथ रारा नगरपालिका–९, मुर्माका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राणीशास्त्र केन्द्रीय विभागबाट सम्मानित हुनुभएको छ ।

रारा राष्ट्रिय निकुञ्जको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, जनचेतना अभिवृद्धि तथा ग्रामीण विकासमा पु¥याएको योगदानको कदर गर्दै विभागले उहाँलाई कदरपत्र र दोसल्लासहित सम्मान गरेको हो ।

आज आयोजित विभागको ६१औँ वार्षिकोत्सवमा त्रिविका शिक्षाध्यक्ष प्रा डा अञ्जनासिंह र विभागीय प्रमुख प्रा डा कुमार सापकोटाले रोकायालाई सम्मान गर्नुभएको हो ।

रोकायालाई प्रदान गरिएको कदरपत्रमा रारा क्षेत्रको प्राकृतिक सौन्दर्य, जैविक विविधता संरक्षणमा उहाँले देखाएको सक्रियता, लगनशीलता र दीर्घकालीन प्रतिबद्धताको प्रशंसा गरिएको छ । स्थानीयस्तरमा जैविक विविधता संरक्षण र प्रवर्द्धनमा उहाँले पु¥याएको योगदान अनुकरणीय रहेको उल्लेख छ ।

शिक्षाध्यक्ष सिंहले जैविक विविधता संरक्षणमा स्थानीयस्तरबाट योगदान दिने व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । विभागीय प्रमुख सापकोटाले संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई विभागले वार्षिकोत्सवका अवसरमा सम्मान गर्दै आएको जानकारी दिनुभयो ।

रोकायाले समुदायमा आधारित संरक्षण अभियानलाई निरन्तर रुपमा अगाडि बढाउनुभएको छ । विसं २०६८ देखि २०७३ सम्म रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विकास समितिको अध्यक्ष रहनुभएका उहाँले वन्यजन्तु तथा वनजङ्गल संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जन वृद्धि, जनचेतना अभिवृद्धि र क्षमता विकासका कार्यक्रम सञ्चालनमा भूमिका निर्वाह गर्नुभएको थियो ।

प्राकृतिक सम्पदाको संरक्षण स्थानीय समुदायको सक्रिय सहभागिताबिना सम्भव नहुने मान्यता राख्ने रोकायाले संरक्षणका कार्यक्रमसँगै स्थानीयको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि पहल गर्दै आउनुभएको छ ।

उहाँको पछिल्लो पहलमध्ये रारा राष्ट्रिय निकुञ्जमा ‘क्यामेरा ट्रयाप’ जडान महत्वपूर्ण उपलब्धिका रूपमा छ । विसं २०८२ मा त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागसँगको समन्वयमा उहाँले निकुञ्ज क्षेत्रमा ४२ वटा क्यामेरा ट्रयाप जडान कार्यको अगुवाइ गर्नुभएको थियो ।

वन्यजन्तुको गतिविधि निगरानी, उपस्थिति पहिचान र संरक्षण रणनीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले जडान गरिएका क्यामेरा ट्रयापमा निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा देखिएको थियो । यसले रारा क्षेत्रको जैविक विविधता अध्ययन तथा वन्यजन्तु संरक्षणका थप सम्भावना उजागर गरेको छ ।

रोकायाको योगदान संरक्षणमा मात्र सीमित छैन । मुगुको मुर्मा गाउँ तथा रारा आसपासका बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार विकासका क्षेत्रमा उहाँले काम गर्दै आउनुभएको छ । मुर्मा सामुदायिक विकास केन्द्रमार्फत गरिबी निवारण कोषसँगको साझेदारीमा रारा तथा खत्याड क्षेत्रका बस्तीमा आयआर्जन र भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न हेल्प नेपालसँगको समन्वयमा मुर्मा माझघट्टमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । उक्त केन्द्रबाट स्थानीय बासिन्दाका साथै रारा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् ।

रारा ताल आसपासका ऐतिहासिक तथा पुरातात्विक महत्वको महादेव मन्दिरको संरक्षण र प्रवर्द्धनमा पनि उहाँ सक्रिय हुनुहुन्छ । धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत रारा क्षेत्रको पहिचान उजागर गर्ने उद्देश्यले उहाँकै पहलमा २०७६ सालमा रारा धार्मिक सप्ताह कार्यक्रम आयोजना गरिएको थियो ।

मुर्माको विकास र स्थानीय नागरिकका समस्या समाधानका लागि रोकायाले पहल गर्दै आउनुभएको छ ।

  • त्रिभुवन विश्वविद्यालय
  • मुगु
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    पशुधन गुमाएका किसानलाई राहत

  • सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

  • Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

  • Post Thumbnail

    बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुन:स्थापनालाई तीव्रता दिँदै प्रदेश सरकार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पशुधन गुमाएका किसानलाई राहत

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution