Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

दसौँ राष्ट्रिय खेलकुद: एनआरएनएका ७३ खेलाडी, ११ खेलमा प्रतिस्पर्धा गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ खेलमा सहभागिता जनाउने भएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (१ दिन अघि)
दसौँ राष्ट्रिय खेलकुद: एनआरएनएका ७३ खेलाडी, ११ खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १२ मङ्सिर: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ खेलमा सहभागिता जनाउने भएको छ ।

एनआरएनएले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आफ्नो सहभागिता र तयारीबारे जानकारी दिएको हो । सङ्घका अनुसार प्रतियोगितामा ११ खेलका ४५ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियल र स्वास्थ्यकर्मी गरी कुल ८२ जनाको टोली सहभागी हुनेछ ।

एनआरएनएका खेलाडीले एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराते, फुल कन्ट्याक्ट कराते, लनटेनिस, पौडी, टेबल टेनिस र क्रिकेटमा प्रतिस्पर्धा गर्ने गैरआवासीय नेपाली सङ्घ–अन्तरराष्ट्रिय परिषद्का युवा उपाध्यक्ष भीमसेन थापा काजीले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटकको राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीमा विभिन्न १९ देशका खेलाडी रहेका छन् ।

यसअघि बक्सिङसहित केही थप खेलमा सहभागिता जनाउने तयारी भए पनि प्रतियोगिताको समयतालिकामा फेरबदल भएका कारण बक्सिङमा सहभागिता जनाउन नसकिएको उहाँले बताउनुभयो ।

एनआरएनएले दसौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको चौथो स्थानमा पुग्ने लक्ष्य राखेको काजीले बताउनुभयो । त्यसका लागि २० स्वर्ण, १० रजत र नौ कास्य गरी कुल ३९ पदक जित्ने लक्ष्य तय गरेको उहाँको भनाइ थियो ।

यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७६ मा एनआरएनएले एक स्वर्ण, तीन रजत र पाँच कास्य पदक जितेको थियो । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा १२ स्वर्ण, चार रजत र १० कास्य गरी कुल २६ पदक जितेको थियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • दसौँ राष्ट्रिय खेलकुदः व्यक्तिगतमा स्वर्ण विजेतालाई एक लाख, टिमतर्फ ५० हजार

    दसौँ राष्ट्रिय खेलकुदः व्यक्तिगतमा स्वर्ण विजेतालाई एक लाख, टिमतर्फ ५० हजार

  • दसौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी र एपिएफ  फाइनलमा

    दसौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी र एपिएफ फाइनलमा

  • Post Thumbnail

    पर्यटन प्रवर्द्धन गर्न पोखरामा रात्रिकालीन सडक दौड

  • Post Thumbnail

    महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    नवलपुरका युवा उद्यमी डिजिटल पहुँच खोज्दै

    नवलपुरका युवा उद्यमी डिजिटल पहुँच खोज्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution