Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

पर्यटन प्रवर्द्धन गर्न पोखरामा रात्रिकालीन सडक दौड

पोखरामा खेल पर्यटन प्रवर्द्धन, रात्रिकालीन व्यवसायको विस्तार तथा सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले ‘पोखरा नाइट स्ट्रिट रेस’ आयोजना हुने भएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार (६ घण्टा अघि)
Post Thumbnail

कास्की, १३ मङ्सिरः पोखरामा खेल पर्यटन प्रवर्द्धन, रात्रिकालीन व्यवसायको विस्तार तथा सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले ‘पोखरा नाइट स्ट्रिट रेस’ आयोजना हुने भएको छ । प्रतियोगिता आगामी पुस १० गते आयोजना हुनेछ ।

प्रतियोगिताबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक दीननाथ बरालले प्रतियोगितालाई पोखराको नयाँ पहिचानसहितको पर्यटकीय गतिविधिका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । पोखरा महानगरपालिका–९ सँगको सहकार्यमा गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई यस वर्ष पुरस्कार राशि वृद्धि र विधा थप गरी निरन्तरता दिन लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु २५ हजार, रु १५ हजार र रु सात हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला, विदेशी, यु–१६ र भेट्रान्स विधाका विजेताले क्रमशः रु १५ हजार, रु सात हजार र रु तीन हजार नगद पुरस्कार पाउनेछन् ।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले नयाँपन दिने उद्देश्यले गत वर्षदेखि प्रतियोगितामा सहकार्य गर्दै आएको बताउनुभयो । “पोखरालाई रात्रिकालीन व्यवसाय र उज्यालो वडाको अभियानसँग जोड्न प्रतियोगिताले योगदान पुर्‍याउने विश्वास लिएका छौँ । पोखरा लेकसाइडमा मात्र सीमित नभएको सन्देश प्रवाह गर्न यस्ता गतिविधि महत्वपूर्ण हुनेछ”, अध्यक्ष मर्सानीले भन्नुभयो ।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले रात्रिकालीन सडक दौड पोखरामा थपिएको नयाँ खेल गतिविधि भएको उल्लेख गर्दै यसले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा इभेन्टको सहरका रूपमा विकास हुँदै गएको बताउँदै रात्रिकालीन सडक दौडले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । दिउँसो आयोजना हुने दौडभन्दा फरक स्वरूपको यो प्रतियोगिता पोखराको नयाँ पहिचान बन्नसक्ने उहाँले बताउनुभयो । फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले फेवातालको बीच भागमा डुङ्गामाथि पत्रकार सम्मेलन आयोजना गर्नु आफैँमा सिर्जनात्मक कार्य भएको उल्लेख गर्नुभयो । दौड निर्देशक ‘रेस डाइरेक्टर’ ओम गुरुङले क्रिसमसको दिन प्रतियोगिता आयोजना हुने भएकाले सडक तथा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुनसक्ने बताउनुभयो । प्रतियोगिता सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।

पोखरा प्रवर्द्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखराको प्रतियोगितामार्फत रात्रिकालीन व्यवसाय, सडक सुरक्षा तथा रातको समयमा पनि सुरक्षित रूपमा खेलकुद गतिविधि सञ्चालन गर्न सकिने सम्भावना उजागर गर्न खोजिएको बताउनुभयो ।

प्रतियोगिता तालबाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्युरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित अन्तरराष्ट्रिय झण्डा पार्क अगाडिको फल्चामा पुगेर सम्पन्न हुनेछ । पाँच किलोमिटर दूरीको दौडमा सहभागी धावकको सुरक्षाका लागि बिमा, ‘रिफ्लेक्टिभ टिसर्ट’ तथा स्वास्थ्य सेवाको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

दौडका क्रममा धावकले आवश्यकताअनुसार हेडलाइट (हेडल्याम्प) प्रयोग गर्न सक्नेछन् । दौड सुरु भएदेखि नै धावकको अगाडि, बीचमा र पछाडि स्वास्थ्य टोलीसहितका एम्बुलेन्स परिचालन गरिनेछ । ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामार्फत पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित नराखी सहरका अन्य पर्यटकीय क्षेत्र तथा सम्पदाको पहिचान गराउने आयोजकको विश्वास छ ।

आइटीएफ विश्व टेनिस टुर : २१ राष्ट्रका खेलाडी सहभागी हुँदै

पोखरामा सोमबारदेखि सञ्चालन हुने ‘आइटीएफ विश्व टेनिस टुर जे ३०’ पोखरा–२०२६ मा २१ राष्ट्रका १५० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा यही मङ्सिर १४ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २१ राष्ट्रका खेलाडी सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता संयोजक नवीन चालिसेका अनुसार विश्व टेनिस महासङ्घ (आइटीएफ)को वरियता तथा ग्रेडिङ प्रणालीअनुसार सञ्चालन प्रतियोगितामा पुरुष तथा महिला ‘सिङ्गल्स’ र ‘डबल्स’ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, जापान, न्युजिल्यान्ड, ताइवान, अस्ट्रेलिया, दक्षिण कोरिया, युक्रेन, बेलारुस, क्यानडा, सिङ्गापुर, हङकङ, मलेसिया, श्रीलङ्का, इन्डोनेसिया, फिलिपिन्स, पाकिस्तान, रोमानिया र साउदी अरेबियाका खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा १३ देखि १८ वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउने छन् । विश्व वरियताका आधारमा खेलाडीको सहभागिता रहनेछ भने वरीयता प्राप्त तथा छनोट चरणबाट छानिएका खेलाडीले मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने चालिसेले बताउनुभयो ।

प्रतियोगिताले पोखरालाई अन्तरराष्ट्रिय खेल पर्यटनको गन्तव्यका रूपमा थप परिचित गराउनुका साथै स्थानीय खेलाडीलाई अन्तरराष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।

प्रतियोगिताको प्रवर्द्धनमा पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्डले सहयोग गरेका छन् । प्रतियोगिता सञ्चालनका लागि रु ७८ लाख ७० हजार खर्च अनुमान गरिएको छ ।

आइटीएफको नयाँ नियमअनुसार प्रतियोगिता पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक कोर्ट व्यवस्थापन तथा पूर्वाधार निर्माण गरिएको आयोजकले जनाएको छ । नयाँ कोर्ट निर्माणमा रु १२ लाख खर्च भएको संयोजक चालिसेले जानकारी दिनुभयो ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • दसौँ राष्ट्रिय खेलकुदः व्यक्तिगतमा स्वर्ण विजेतालाई एक लाख, टिमतर्फ ५० हजार

    दसौँ राष्ट्रिय खेलकुदः व्यक्तिगतमा स्वर्ण विजेतालाई एक लाख, टिमतर्फ ५० हजार

  • दसौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी र एपिएफ  फाइनलमा

    दसौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी र एपिएफ फाइनलमा

  • Post Thumbnail

    महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

  • दशौँ राष्ट्रिय खेलकुदः पुरुष क्रिकेटमा लुम्बिनी विजयी

    दशौँ राष्ट्रिय खेलकुदः पुरुष क्रिकेटमा लुम्बिनी विजयी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान

    Post Thumbnail

    निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साँघुरो गल्लीभित्र लुकेको मार्फाको संस्कृति

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution