Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (२ घण्टा अघि)
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

म्याग्दी, १२ मङसिर ः कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा लागेका सुर्केमेलाका खेतबारीको अवस्थासँगै किसानको जीवनशैली पनि फेरिएको हो ।

सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्नुभएको थियो । जनशक्ति अभाव भएपछि उहाँले विसं २०६९ मा खाद्यबालीको विकल्पमा सुन्तलाखेती सुरु गर्नुभएको हो ।

अहिले उहाँको बगैँचामा रहेका दुई सय ५० बोटले वार्षिक रु. सात लाख आम्दानी दिन थालेका छन् । खाद्यबालीको तुलनामा सुन्तलाखेतीबाट कम मेहनतमा राम्रो आम्दानी हुने उहाँको अनुभव छ ।

“सात मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाले अहिले वर्षमा रु. सात लाख आम्दानी दिन थालेको छ,” उहाँले भन्नुभयो, “छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ ।”

सुर्केमेलाकै द्रोपती थापाले पनि सुन्तलाखेतीबाट आम्दानी बढाउँदै जानुभएको छ । गत वर्ष रु. एक लाख ५० हजारको सुन्तला बिक्री गर्नुभएकी उहाँले यस वर्ष रु. तीन लाख बराबरको बिक्री हुने अनुमान गर्नुभएको छ ।

“यसपालि फल दिने बोट थपिएका छन् । उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,” उहाँले भन्नुभयो, “घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ ।”

सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुनुहुन्छ, ४६ वर्षीय डिलबहादुर केसी । उहाँले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्नुभएको थियो । त्यसबेला आफन्त र छिमेकीले उहाँको निर्णयको विरोध गरेका थिए ।

“धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,” उहाँले विगत सम्झँदै भन्नुभयो, “अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दङ्ग परेका छन् ।”

२० रोपनी खेतबारीमा चार सय ५० बोट सुन्तला लगाउनुभएका केसीले यस वर्ष रु. १५ लाख भन्दा बढीको सुन्तला बिक्री गर्नुभएको छ । पाँच वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा काम गरेर फर्कनुभएका उहाँले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्र पनि सञ्चालन गर्नुभएको छ ।

केसीका अनुसार सुर्केमेलामा १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरेका छन् । चार सय बोट सुन्तला लगाउनुभएका धनराज पुनले पनि परम्परागत अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताउनुभयो ।

वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक रु. १० लाख भन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ । कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन् । छोराछोरीलाई राम्रा विद्यालय, कलेजमा पढाएका छन् ।

सिँचाइ सुविधा, उपयुक्त भूगोल र हावापानीका कारण सुर्केमेला सुन्तलाखेतीका लागि अनुकूल क्षेत्र मानिन्छ । यहाँ उत्पादन भएको रसिलो र स्वादिलो सुन्तला काठमाडौँ, पोखरा र बेनीका व्यापारीले बगैँचाबाटै खरिद गरेर लैजाने गरेका छन् । सुर्केमेलामा म्याग्दीमा सबैभन्दा पहिले सुन्तला टिप्ने गरिन्छ । छिटो पाक्ने, रंग र स्वाद आउने भएकाले सुर्केमेलाका बगैचा मंसिरको दोस्रो साताभित्रै रित्तिने गरेका छन् ।

सडक यातायातको सुबिधासँगै बजारको समस्या नभएपछि किसान थप क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्न उत्साहित भएका छन् । सुन्तलाखेती विस्तारमा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले पनि सहयोग गरेका छन् ।

बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान)का अनुसार किसानलाई अनुदानमा बिरुवा वितरण, प्राविधिक तालिम र कृषि औजार उपलब्ध गराइएको छ । बालमखोला सिँचाइ योजना निर्माण भएपछि सहज भएको छ ।

“सुर्केमेलासहित बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भएको छ,” उहाँले भन्नुभयो, “उत्पादन भएको सुन्तला बजारमा पु¥याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक स्तरोन्नति गर्न लागिएको हो ।”

दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नति योजना यसै वर्षदेखि सुरु हुँदैछ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख विनियोजन भएको छ ।

तीन वर्षमा रु. पाँच करोड खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँले सुर्केमेला र सिंगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर संघीय सरकारमा प्रस्ताव पेश गरेको बताउनुभयो ।

परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आयआर्जनको भरपर्दो माध्यम बनेको छ । बाँझिने अवस्थामा पुगेका खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन् ।

किसानको मेहनत र स्थानीय सरकारको सहयोगले सुर्केमेलाको कृषि पहिचानसमेत बदलिँदै गएको हो । युवाहरुको बैदेशिक रोजगारीप्रति आकर्षण बढ्दा सिर्जना भएको कृषि मजदुरहरुको अभाव सुन्तला खेती गरेका सुर्केमेलाका किसानका लागि चुनौति बनेको छ ।

  • काठमाडौँ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    रानी नाकालाई व्यवस्थित बनाउन महानगर र सुरक्षा निकायको संयुक्त अनुगमन

  • Post Thumbnail

    तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

  • Post Thumbnail

    खानेपानी आयोजना संस्थानलाई हस्तान्तरण

  • Post Thumbnail

    बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च : नेपाल नेत्रज्योति सङ्घद्वारा  ‘सम्भव जीवन परियोजना’ कार्यान्वयन

    कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च : नेपाल नेत्रज्योति सङ्घद्वारा ‘सम्भव जीवन परियोजना’ कार्यान्वयन

    Post Thumbnail

    ग्रेटर मुन्दुम पदमार्ग प्रवद्र्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

    खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

    खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

    Post Thumbnail

    पोखरामा महिला कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution