Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (४५ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ११ मङ्सिरः नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ ।

अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू यही मङ्सिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले विस्फोटक पदार्थ तथा उपकरण पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा विसर्जन गर्ने विधिबारे अनुभव साटासाट गर्नेछन् ।

कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञहरूले कार्यसञ्चालनको अनुभव, प्राविधिक ज्ञान र उत्कृष्ट अभ्यासबारे जानकारी गराउनेछन् । त्यसैगरी, उनीहरूले शान्ति स्थापना कार्यका क्रममा विस्फोटक पदार्थबाट उत्पन्न जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट पनि सिक्ने अवसर पाउनेछन् ।

दुवै देशका विशेषज्ञले संयुक्त रूपमा अभ्यास गरी विस्फोटक पदार्थजन्य जोखिम पहिचान, व्यवस्थापन र सुरक्षित विसर्जनका लागि आवश्यक सीप अभिवृद्धि गर्नेछन् ।

यस कार्यक्रमले दुई देशबीचको सैन्य सहकार्य र तयारी क्षमता सुदृढ गर्नुका साथै शान्ति सैनिक तथा नागरिकको सुरक्षा गर्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वका अग्रणी मुलुकमध्ये एक रहेको उल्लेख गर्दै यस कार्यक्रमले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने बताउनुभयो ।

विस्फोटक पदार्थ निष्क्रिय पार्ने र हटाउने विषयमा विज्ञता आदानप्रदान गर्दा दुवै देशका साथै विश्वभरका शान्ति स्थापना अभियानमा मानवीय जीवनको रक्षा गर्ने क्षमता अभिवृद्धि हुने उहाँको भनाइ छ ।

  • काठमाडौँ
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

  • Post Thumbnail

    लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

  • Post Thumbnail

    दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदः पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

    Post Thumbnail

    नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

    Post Thumbnail

    सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

    Post Thumbnail

    रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution