Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दसौँ राष्ट्रिय खेलकुदः पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

बाँके ११ मङ्सिरः दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा भएको २३औँ पौडी प्रतियोगितामा आज बागमती प्रदेशको टिम च्याम्पियन बन्न सफल भएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (२३ मिनेट अघि)
Post Thumbnail

बाँके ११ मङ्सिरः दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा भएको २३औँ पौडी प्रतियोगितामा आज बागमती प्रदेशको टिम च्याम्पियन बन्न सफल भएको छ । बागमतीले १६ स्वर्ण, नौ रजत र १० कास्यसहित ‘मेडल ट्याली’ मा आफूलाई अग्रस्थानमा राख्न सफल भएको हो ।

दोस्रो स्थानमा रहेको एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य हात पार्‍यो । सात स्वर्ण, १५ रजत र १७ कास्यसहित आर्मी तेस्रो, छ स्वर्ण १४ रजत र १६ कास्यसहित पुलिस चौथो, तीन स्वर्णसहित कोशी प्रदेश पाँचौँ र दुई स्वर्ण, चार रजत र एक कास्यसहित सुदूरपश्चिम छैटौँ स्थानमा रह्यो ।

एकै विधामा चार खेलाडीद्वारा कीर्तिमान भङ्ग

नेपालगन्ज रङ्गशालाको पौडी पोखरीमा आयोजना भएको चौथो दिनको स्पर्धाको २०० मिटर बटरफ्लाइमा अशिम भण्डारीले हिट चरणमा राखेको दुई मिनेट २१.८७ सेकेन्ड समयको कीर्तिमानलाई चार खेलाडीले भङ्ग गरेको हुन् । उक्त कीर्तिमानलाई भङ्ग गरी दूरी पूरा गर्ने क्रममा सुदूरपश्चिमका अथर्व सिंहले दुई मिनेट १८.३० सेकेन्ड, आर्मीका सौर्यनबहादुर सिंहले दुई मिनेट १९.८१ सेकेन्ड, आर्मीकै अशिम भण्डारीले दुई मिनेट २०.११ सेकेन्ड र पुलिसका मायोन श्रेष्ठले दुई मिनेट २०.६२ सेकेन्डका समय निकाले । पुरानो कीर्तिमान सौरेनबहादुर सिंहको नाममा रहेको थियो । उनले २०२६ मा काठमाडौँमा भएको तेस्रो एक्वाटिक्स च्याम्पियनसिपमा दुई मिनेट २६.८४ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।

महिला २०० मिटर बटरफ्लाइमा एनआरएनकी लिली बोहराले दुई मिनेट ३३.२० सेकेन्ड समयको कीर्तिमान राखिन् । उनले डुवाना लामाले हिट चरणमा देवाशी जोशीले काठमाडौँमा भएको तेस्रो एक्वाटिक्स च्याम्पियनसिप २०२६ मा राखेको दुई मिनट ४८.३० सेकेन्ड समयलाई विस्थापित गर्दै राखेको दुई मिनेट ३५.२९ सेकेन्ड समयको नयाँ कीर्तिमानलाई भङ्ग गरेकी हुन् । आर्मीकी डुवाना लामाले रजत र पुलिसकी देवांशी जोशीले कास्य जिते ।

यस्तै नयाँ किर्तिमान राख्ने क्रममा ८०० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका कल्किन श्रेष्ठले कीर्तिमान कायम गरे । उनले उक्त दूरी नौ मिनेट ३.२१ सेकेन्ड समयमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् । यसअघिको कीर्तिमान कल्किनकै नाममा नौ मिनट १२.६२ सेकेन्ड समयको थियो । उनले भारतको अहमदावादमा आयोजना भएको ११औँ एसियन एक्वाटिक्स च्याम्पियनसिपमा राखेका थिए । सुदूरपश्चिमका अथर्व सिंहले रजत हात पार्दा नेपाल पुलिसका रचित बुढाथोकीले कास्य हात पारे ।

कीर्तिमान राख्ने क्रममै महिला चार गुणा १०० मिटर फ्रिस्टायलमा बागमती प्रदेशले सोफिया शाह, सोनिरा विष्ट, श्रीतिका सिंह र गौरिका सिंहले गुहाटीमा आयोजना भएको १२औँ सागमा राखेको चार मिनेट ३२.१७ सेकेन्डको समयलाई भङ्ग गर्दै रोयल प्रजापति, प्राज्ना ताम्राकार, आयरा श्रेष्ठ र आर्या महर्जन (सिनियर) रहेको बागमतीले चार मिनेट २८.८६ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान बनाए । पुरानो कीर्तिमानलाई आर्मीका सिशम्बुन राई, रैजी अवाले, लुना श्रेष्ठ र डुवाना लामाको टिमले पनि चार मिनेट ३१.०६ सेकेन्ड समयका साथ भङ्ग गरे तापनि उक्त समय स्वर्ण प्राप्त गर्न सक्षम नभई रजतमा खुम्चिन पुग्यो । नेपाल पुलिसले कास्यमा चित्त बुझायो ।

महिलाको ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले चार मिनेट ४३.११ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा आर्मीकी डुवाना लामाले रजत र एनआरएनकी मिखा काया थापाले कास्य जिते ।

पुरुष २०० मिटर व्यक्तिगत मिड्लेतर्फ बागमतीका अभिभ प्रधानले स्वर्ण जिते । उनले उक्त दूरी दुई मिनेट २२.४३ सेकेन्ड समयका साथ पूरा गरेका हुन् । दोस्रो स्थानमा नेपाल पुलिसका इरभिन श्रेष्ठ र तेश्रो स्थानमा पुलिसकै कल्किन श्रेष्ठ रहे ।

महिलाको १०० मिटर ब्रेष्ट स्ट्रोकमा आर्मीकी डुवाना लामाले एक मिनेट १९.९२ सेकेन्ड समयका साथ स्वर्ण हात पारिन् । एनआरएनकी लिली बोहराले रजत र बागमतीकी रोयल प्रजापतिले कास्य हात पारे । यसै विधाको पुरुषतर्फ कोशी प्रदेशका विकास कुमालले स्वर्ण जिते । उनले उक्त दूरी एक मिनट ८.२५ सेकेन्डमा पूरा गरे । आर्मीका जाडेन श्रेष्ठले रजत र बागमतीका एरिक कर्माचार्यले कास्य प्राप्त गरे ।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । बागमतीका आर्या महर्जन (सिनियर) र रोयल प्रजापतिले क्रमशः रजत र कास्य पाए । पुरुषतर्फ नेपाल पुलिसका इरभिन श्रेष्ठले २४.६२ सेकेन्ड समयमा दूरी पूरा गर्दै स्वर्ण जिते । बागमतीका अभिभ प्रधानले रजत र आर्मीका अल्भिन महर्जनले कास्य पाए । पुरुष चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले स्वर्ण, पुलिसले रजत र आर्मीले कास्य पायो ।

महिलाको चार गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले स्वर्ण, नेपाल पुलिसले रजत र आर्मीले कास्य पाए । ४६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा पुरुषतर्फ बागमतीका अभिभ प्रधानले व्यक्तिगतमा सात र रिलेमा चार स्वर्ण गरी ११ स्वर्ण, व्यक्तिगतमा एक रजत र रिलेमा तीन रजत गरी चार रजत प्राप्त गरे भने महिलातर्फ एनआरएनकी लिली बोहराले व्यक्तिगततर्फ सात स्वर्ण तीन रजत र एक कास्य जितिन् । सो पौडी प्रतियोगिता मङ्गलबारदेखि नेपालगन्जस्थित रङ्गशालामा सुरु भएको थियो । सात प्रदेश, विभागीय टोली र एनआरएनएसहित ११ टोलीका करिब २०० खेलाडीले सो प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

  • काठमाडौँ
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • शिरिस्थानको ज्वालाबाट ‘दसौँ राष्ट्रिय खेलकुद’को ट्रफी टुर सुरु, दैलेखले राष्ट्रिय पहिचान पाउने विश्वास

    शिरिस्थानको ज्वालाबाट ‘दसौँ राष्ट्रिय खेलकुद’को ट्रफी टुर सुरु, दैलेखले राष्ट्रिय पहिचान पाउने विश्वास

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : चौरजहारीमा शारीरिक सुगठन प्रतियोगितामा सुरु

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : चौरजहारीमा शारीरिक सुगठन प्रतियोगितामा सुरु

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः फुटबलमा कोशी प्रदेश विजयी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदः पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

    Post Thumbnail

    नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

    Post Thumbnail

    सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

    Post Thumbnail

    रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution