Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

गैरकानुनी रूपमा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, १० मङ्सिर: गैरकानुनी रूपमा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित १० जनामाथि अनुसन्धान गर्न थप म्याद लिएको हो ।

सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न आज अदालतले अनुमति दिएको जानकारी दिनुभयो ।

सिआइबीले गत मङ्सिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन मन्त्रीद्वय कुँवर र यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।

त्यसैगरी कागेश्वरी मनोहरा निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण निवासी ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका छन् ।

सिआइबीका अनुसार मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । श्रमिकबाट रकम असुली गरी विदेश पठाउने कार्य तथा त्यससँग सम्बन्धित निर्णय प्रक्रियाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितका व्यक्तिले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ । पक्राउ परेका १० जनामाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यसै प्रकरणमा प्रहरीले आज पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गरेको छ । मलेसिया रोजगारीका नाममा भएको भनिएको आर्थिक अनियमितता, निर्णय प्रक्रियामा अधिकारीहरूको भूमिका र रकमको कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • काठमाडौँ
  • गोरखा
  • भक्तपुर
  • मन्त्रिपरिषद्
  • ललितपुर
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • Post Thumbnail

    बाजुरामा ट्याक्टर दुर्घटनाः दुईको मृत्यु, पाँच जना घाइते

  • Post Thumbnail

    नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

  • Post Thumbnail

    सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

  • Post Thumbnail

    लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

    Post Thumbnail

    तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

    Post Thumbnail

    सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

    Post Thumbnail

    बाजुरामा ट्याक्टर दुर्घटनाः दुईको मृत्यु, पाँच जना घाइते

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution