
काठमाडौँ, ११ मङ्सिर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नोभेम्बर १५ देखि २६ सम्म चीनका छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक संवाद गरेको थियो । उक्त संवादमा दुई दलबीच आपसी समझदारी र आगामी सहकार्यका विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ ।
प्रतिनिधिमण्डलले विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदास्थलको अवलोकन गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माण, विपद् व्यवस्थापन, नेपाली उत्पादनको चिनियाँ बजारमा पहुँच र नेपालमा लगानीका सम्भावनाबारे छलफल गरेको थियो ।
युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा तथा पूर्वाधारमा चिनियाँ लगानी र विपद् व्यवस्थापनसम्बन्धी छलफललाई ठोस परिणाममा पुर्याउन सम्बन्धित निकाय तथा निजी क्षेत्रसँग पहल गर्ने रास्वपाले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |