
काठमाडौँ, १० मङ्सिरः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङको सिद्धलेक गाउँपालिका–३ का २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका–९ का ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुली मरिण गाउँपालिका–२ घर भएका ४६ वर्षीय लिला बहादुर गरंजा पक्राउ परेका हुन् ।
निजहरूमध्ये विज्ञानले दु्ई जनाबाट रु १० लाख ९५ हजार, पुष्पराजले एक जनाबाट रु पाँच लाख ३० हजार, रोशनले दुई जनाबाट रु दुई लाख ५० हजार र लीलाबहादुरले दुई जनाबाट रु पाँच लाख ५० हजार लिइ सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |