
काठमाडौँ, १० मङ्सिरः काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलबाट स्रोत नखुलेको नेपाली रूपैयाँ ५० लाख ५० हजार, चार हजार २१५.०९ ओमानी रियाल र ५५ दिरामसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युगित इब्राहिम र काठमाडौँ ठमेल बस्ने चितवनकी २० वर्षीया स्नेहा रिमाल रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैबीच, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोट स्रोत नखुलेको भारतीय रूपैयाँ पाँच लाख ५० हजारसहित भारत कोशीनगर धौडादी कप्तानगन थाना सिरायोपाली बस्ने ४५ वर्षीय सन्तोष सिंह पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलहीया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |