Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सिन्धुपाल्चोक

उत्कृष्ट उद्यमी सम्मानित

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मान प्राप्त गरेको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (१ दिन अघि)
उत्कृष्ट उद्यमी सम्मानित

सिन्धुपाल्चोक, १० मङ्सिरः सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मान प्राप्त गरेको छ ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशले आयोजना गरेको १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा फर्मले ७१ अङ्क प्राप्त गर्दै प्रदेशमै दोस्रो स्थान हासिल गरेको हो । फर्मलाई ‘जिल्लाको उत्कृष्ट उद्यमी’ पुरस्कारबाट सम्मान गरिएको छ । रु ७५ हजार राशिसहित फर्मका अध्यक्ष शारदा घलेलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सम्मान गर्नुभएको हो ।

सिन्धुपाल्चोकमा सञ्चालन हुँदै आएको अरनिको कृषि तथा पशुपालन फर्मले विशेष कफी उत्पादन, स्थानीय कृषि उपज, कृषि पर्यटन, आतिथ्य सत्कार तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको छ । फर्मले स्थानीय किसान र उत्पादनलाई प्रोत्साहन गर्दै उद्यमशीलताको विकासमा योगदान पु¥याउँदै आएको छ ।

प्रदेशस्तरमै दोस्रो स्थान हासिल गर्न सफल भएकामा खुसी व्यक्त गर्दै फर्मका सञ्चालक घलेले यो उपलब्धि किसान, कर्मचारी, साझेदार, ग्राहक तथा आफ्नो अभियानमा विश्वास गर्ने सबैप्रति समर्पित गरेको जनाएको छ । सम्मानले थप मेहनत गर्न, नयाँ अवसर सिर्जना गर्न र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

    निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

  • Post Thumbnail

    भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

  • Post Thumbnail

    सीमा अपराध नियन्त्रणमा स्थानीयको सहयोग अपरिहार्य

  • Post Thumbnail

    मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

    हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

    Post Thumbnail

    भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

    Post Thumbnail

    मौलिक खानाको प्रवद्र्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव

    निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

    निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution