Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा चार नयाँ कीर्तिमान बनेका छन् ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (२२ मिनेट अघि)
पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली, ९ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा चार नयाँ कीर्तिमान बनेका छन् ।

बाँकेको नेपालगञ्जस्थित पौडी पोखरीमा जारी प्रतियोगितामा पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनए लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

सिंहले स्वर्ण पदक जित्ने क्रममा आफ्नो कीर्तिमानलाई भङ्ग गर्दै ४ मिनेट ५६ दशमलव ७६ सेकेण्डको नयाँ कीर्तिमान कायम गर्नुभयो । यसअघि सन् २०२५ मा ४ मिनेट ५८ दशमलव ३४ सेकेण्डको उहाँको कीर्तिमान बनेको थियो । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत (५ मिनेट ०७ दशमलव ५७ सेकेण्ड) र बागमतीका अरिक कर्माचार्यले कास्य पदक (५ मिनेट २६ दशमलव ९९ सेकेण्ड) जिते ।

महिलातर्फको ८०० मिटर फ्रिस्टायलमा लिली बोहराले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४ दशमलव ०६ सेकेन्डको नयाँ कीर्तिमान बनाउनुभयो । यसअघि सन् २०२५ को उक्त इभेन्टमा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६ दशमलव ९२ सेकेण्डको कीर्तिमान बनेको थियो । लिलीले स्वर्ण जित्दा डुअनाले आफ्नै पुरानो रेकर्ड सुधार गर्दै ९ मिनेट ५९ दशमलव ५४ सेकेण्डमा पूरा गर्दै रजत र पुलिसका देभान्सी जोशीले १० मिनेट ५८ दशमलव ५८ सेकेण्डसहित कास्य पदक हासिल गर्नुभयो ।

बागमती प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ०१ दशमलव ५१ सेकेण्डको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जित्नुभयो । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३ दशमलव ३९ सेकेण्डको कीर्तिमान बनाउनुभएको थियो । प्रधानले स्वर्ण जित्दा बागमतीका रिभान्तबहादुर श्रेष्ठले १ मिनेट ४ सेकेन्डसहित रजत र आर्मीका जादेन श्रेष्ठले १ मिनेट ०४ दशमलव ०३ सेकेण्डसहित कास्य पदक हासिल गर्नुभयो ।

नेपाल पुलिस क्लबको टोलीले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२ दशमलव १३ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७ दशमलव ६८ सेकेण्डको कीर्तिमानलाई पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भङ्ग गर्दै ८ मिनेट ३२ दशमलव १३ सेकेण्डको नयाँ कीर्तिमान बनाउनुभयो ।

प्रतियोगिताअन्तरगत महिला ५० मिटर बटरफ्लाईमा एनआरएनएका मिखा काया थापाले स्वर्ण पदक (३० दशमलव ७८ सेकेण्ड), नेपाल प्रहरीकी देभान्सी जोशीले रजत (३२ दशमलव ८८ सेकेण्ड) र बागमतीका इरा अमात्य र आर्मीका शिसोम्बुन राईले ३३ दशमलव ५६ सेकेण्डमा पूरा गर्दै संयुक्त रुपमा कास्य पदक प्राप्त गर्नुभयो ।

पचास मिटर पुरुष ‘बटरफ्लाई’ मा बागमतीका अभिव प्रधानले स्वर्ण (२६ दशमलव ०७ सेकेण्ड), पुलिसका इर्भिन श्रेष्ठले रजत (२७ दशमलव १४ सेकेण्ड), आर्मीका खेलाडीद्वय सौरेनबहादुर सिंह र असिम भण्डारीले २७ दशमलव ३२ सेकेण्ड समय खर्चेर कास्य पदक हासिल गर्नुभयो ।

दुई सय मिटर महिला फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले स्वर्ण (२ मिनेट १४ दशमलव ०३ सेकेण्ड), आर्मीकी डुअना लामाले रजत (२ मिनेट १४ दशमलव ४२ सेकेण्ड) र एनआरएनएकी मिखा ताया थापाले कास्य (२ मिनेट १९ दशमलव ६८ सेकेन्ड) पदक हात पार्नुभयो । दुई सय मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले (१ मिनेट ५९ दशमलव ४८ सेकेण्ड) स्वर्ण, पुलिसकै काल्किन श्रेष्ठले रजत (२ मिनेट ०० दशमलव ८३ सेकेण्ड) र आर्मीका अल्भिन महर्जनले कास्य (२ मिनेट ०५ दशमलव ०० सेकेन्ड) पदक हात पार्नुभयो ।

एकसय मिटर महिला ब्याकस्ट्रोकमा बागमतीका आर्या महर्जनले स्वर्ण (१ मिनेट ११ दशमलव ९५ सेकेण्ड), एनआरएनएका मिखा काया थापाले रजत (१ मिनेट १३ दशमलव ६२ सेकेण्ड) र बागमतीका रोयल प्रजापतिले कास्य (१ मिनेट १४ दशमलव ४३ सेकेण्ड) पदक हासिल गर्नुभयो । ४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतीले स्वर्ण (५ मिनेट ०५ दशमलव ६९ सेकेण्ड), प्रहरीले रजत (५ मिनेट ११ दशमलव ७१ सेकेण्ड) र आर्मीले कास्य (५ मिनेट १५ दशमलव ८५ सेकेन्ड) पदक प्राप्त गर्‍यो ।

मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले स्वर्ण (२ मिनेट ०२ दशमलव ४६ सेकेण्ड) आर्मीले रजत (२ मिनेट ०४ दशमलव ११ सेकेण्ड) र प्रहरीले कास्य पदक (२ मिनेट ०७ दशमलव ०८ सेकेण्ड) हासिल गरेको छ ।

प्रतियोगिताको दोस्रो दिनसम्म आइपुग्दा अङ्क तालिकामा बागमती ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कूल १९ पदकसहित शीर्ष स्थानमा छ भने एनआरएनए ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदकसहित दोस्रो र प्रहरी ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदकसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक प्राप्त गरेको छ भने पाँचौँ स्थानमा रहेको सुदूरपश्चिमले १ स्वर्ण, २ रजत गरी कूल ३ पदक र कोशी प्रदेश १ स्वर्णसहित तालिकाको छैटौँ स्थानमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको दोस्रो दिनसम्मका ६ इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३० दशमलव ६४ सेकेण्डको नयाँ कीर्तिमान कायम गर्नुभएको थियो । महिलातर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७ दशमलव ०१ सेकेण्डको नयाँ कीर्तिमान बनाउनुभएको थियो ।

  • कर्णाली
  • नेपाल प्रहरी
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

    पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

  • Post Thumbnail

    गेलेफु टी–२० सिरिजः नेपाल ‘ए’ टोली घोषणा

  • Post Thumbnail

    दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ बागमती प्रदेश विजयी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

    पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

    पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

    पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

    परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

    परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

    प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

    प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution