Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाँके

सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

जिल्लाको राप्तीसोनारी गाउँपालिकाका भित्री ग्राभेल सडक कालोपत्र भएपछि स्थानीय खुसी भएको पाइएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (३० मिनेट अघि)
सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

बाँके, ९ मङ्सिरः जिल्लाको राप्तीसोनारी गाउँपालिकाका भित्री ग्राभेल सडक कालोपत्र भएपछि स्थानीय खुसी भएको पाइएको छ ।

दुर्गम मानिने गाउँका सडक कालोपत्र भएपछि गाउँ र बजारबीचको दूरी कम भएको स्थानीय देवदास चौधरीले जानकारी दिनुभयो । ती कालोपत्रे सडकले मुख्य राजमार्ग र हुलाकी सडकलाई जोड्न सहज भएको उहाँको प्रतिक्रिया छ ।

स्थानीय चौधरीका अनुसार, गाउँ वा बजार आवतजावत गर्न सहज पहुँच भएको छ, सडक कालोपत्र भएपछि गाउँ पनि सुगम भएको महसुस भएको छ ।

उक्त गाउँपालिका–२ स्थित कचनापुर, टीकुलीपुर माथेबास टोललगायतका सडक कालोपत्र भएसँगै ती गाउँ प्रत्यक्ष रुपमा नेपालगञ्ज र कोहलपुर बजारसँग जोडिन पुगेका हुन् ।

सडक कालोपत्र भएसँगै यातायातका साधनको पहुँच वृद्धि भएको तथा बिरामीलाई अस्पतालमा ल्याउन र पु¥याउन सहज भएको वडाध्यक्ष ज्ञानराज ओलीले प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार विगतमा हिँडेरै नेपालगञ्ज पुग्ने गरेकोमा अहिले अटोमार्फत गाउँबाट बजार आवतजावत हुने गरेको छ ।

वडाध्यक्ष ओलीका अनुसार, सामुदायिक वनभित्र मात्रै करिब एक किलोमिटर ८०० मिटर ग्राभेल सडक कालोपत्र भएको छ । पछिल्लो समय स्थानीय कोटही सामुदायिक वन उपभोक्ता सूमह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्रका सडक कालोपत्र भएको छ ।

सडक कालोपत्र भएपछि गाउँबाट उत्पादित तरकारी र अन्य बजार लगेर बेचबिखन गर्न स्थानीयलाई सहज भएको छ । पछिल्लो समय यातायात र पूर्वाधार क्षेत्रमा भएको विकासले सहर र गाउँको दूरी कम हुँदै गएको अनुभव वडाध्यक्ष ओलीले सुनाउनुभयो ।

सडकसँगै गाउँका कतिपय खोल्सामा निर्माण भएको पक्की पुलले कालोपत्र सडकलाई थप सुन्दर र स्थायित्व प्रदान गरेको छ । स्थानीय भगतराम थारुले विगतको तुलनामा सडक पूर्वाधारसँगै विद्युतीकरणले गाउँ र सहरबीचमा रहेको भिन्नता हटाएको छ । गाउँमा खानेपानी, सडक र विद्युतीकरण विस्तार भएसँगै आधारभूत आवश्यकता सम्बोधन गर्न सहज भएको छ ।

  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

  • आलेख– लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

    आलेख– लाङ्टाङ जीवन: हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

  • तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

    तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

  • Post Thumbnail

    सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ बागमती प्रदेश विजयी

    Post Thumbnail

    ‘एनपिएल चौथो संस्करण चितवनमा आयोजना गर्न सकिन्छ’

    सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

    सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

    कर्णालीमा ‘सम्भव जीवन’ परियोजना सञ्चालन गरिँदै : तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गरिने

    कर्णालीमा ‘सम्भव जीवन’ परियोजना सञ्चालन गरिँदै : तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गरिने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution