Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रूपन्देही

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१ दिन अघि)
Post Thumbnail

रूपन्देही, ९ मङ्सिरः सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ ।

नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवद्र्धन अफ नेपाल प्रालिसँग फोहोरमैला व्यवस्थापनका लागि सम्झौता गरेको हो । सोमबार भएको सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोर सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी लिनेछ । सम्झौताको कुल रकम तीन करोड ६० लाख दुई हजार ९७१ रुपैयाँ सात पैसा रहेको छ ।

नगरपालिकाका अनुसार सम्झौता २०८३ मङ्सिर ७ देखि लागू भई २०८८ मङ्सिर ६ गतेसम्म कायम रहनेछ ।

संविधानसभा सदस्य तथा नगरप्रमुख इस्तायिक अहमद खानले वर्षौंदेखिको फोहोर व्यवस्थापनको समस्या समाधान गरी सिद्धार्थनगरलाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित सहर बनाउने लक्ष्यसहित निजी क्षेत्रसँग सहकार्य गरिएको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन नगरवासीको प्रत्यक्ष सरोकार र नगरपालिकाको प्रमुख प्राथमिकताको विषय भएको उल्लेख गर्नुभयो ।

नगर स्थापनाकालदेखि नै फोहोरमैला व्यवस्थापन सिद्धार्थनगरको प्रमुख चुनौतीका रूपमा रहँदै आएको थियो । बजार तथा बस्ती क्षेत्रमा नियमित फोहोर सङ्कलन र व्यवस्थापन हुन नसक्दा सडक किनारमा फोहोर थुप्रिने, दुर्गन्ध फैलिने र सहरी सौन्दर्यमा असर पर्ने समस्या देखिँदै आएको थियो । यसले नागरिकको स्वास्थ्य, वातावरणीय स्वच्छता तथा पर्यटकीय सहरका रूपमा भैरहवाको पहिचानमा पनि असर पारेको थियो ।

विशेषगरी फोहोर विसर्जनस्थलको अभाव र स्थानीयस्तरमा हुने अवरोधका कारण नगरपालिकालाई व्यवस्थापनमा कठिनाइ हुँदै आएको थियो । यसअघि नगरपालिकाले वडा नं १ को मेउडिहवास्थित डण्डा नदी किनारमा फोहोर विसर्जन गर्दै आएको थियो । स्थानीयवासीको अवरोधपछि सोही वडाको सिद्धार्थ राजमार्गछेउ डण्डा नदी किनारमा फोहोर विसर्जन गर्न थालिएको थियो । उक्त स्थानमा पनि फोहोर नफाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बनेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीपिन क्षेत्रीले सिद्धार्थनगरलाई स्वच्छ, हराभरा, सुन्दर तथा पर्यटकीय नगरका रूपमा विकास गर्ने लक्ष्यअनुरूप फोहोरमैला व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । निजी क्षेत्रसँगको सहकार्यले फोहोर सङ्कलन, वर्गीकरण र अन्तिम व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गरिएको पहलले सार्थकता पाएको बताउनुभयो । सम्झौताअनुसार प्रभावकारी कार्यान्वयन हुन सके नगर क्षेत्रको सरसफाइमा सुधार आउनाका साथै नगरवासीले लामो समयदेखि भोग्दै आएको समस्या न्यूनीकरण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाले सम्झौताको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र नागरिकको सहभागितामा जोड दिएको छ । यसबाट सिद्धार्थनगरलाई स्वच्छ, व्यवस्थित र पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • रूपन्देही
  • सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

  • प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

    प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

  • चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

    चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

  • अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

    अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

    ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

    ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

    Post Thumbnail

    आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

    Post Thumbnail

    ट्राफिक प्रहरीको अभियान प्रभावकारी बन्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution