
रूपन्देही, १० मङ्सिर ः विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुगेको छ । विकासानन्द फाउन्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा यही मङ्सिर ३ गते पोखरा–२३ स्थित इको स्पिरिचुअल योग आश्रम, बाराङबाट सुरु भएको पदयात्रा बुधबार बुटवल आइपुगेको हो ।
मनोक्रान्ति अभियानका नेता तथा आध्यात्मिक गुरु डा योगी विकासानन्दले पदयात्रामार्फत प्रत्येक पाइलालाई ध्यानसँग जोड्दै मानसिक शान्ति, आत्मिक आनन्द र सकारात्मक सोचको अभ्यास गराइने बताउनुभयो । उहाँले चक्रमण ध्यानले मनलाई वर्तमानमा केन्द्रित गर्न तथा विचारको चञ्चलता कम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
करिब २२० किलोमिटर दूरीको पदयात्रामा नौमहिने ध्यान शिविरमा सहभागी २५ जनासहित ३६ जना साधकसाधिका सहभागी छन् । यो अभियानको दोस्रो संस्करण हो । यसअघि पोखराको आश्रमदेखि गोरखनाथ मन्दिरसम्म १२० किलोमिटर पदयात्रा गरिएको थियो ।
पदयात्राका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले डा योगी विकासानन्दलाई कर्णेल उजिरसिंहको तस्बिरसहित सम्मान गर्नुभयो । योगी विकासानन्द र गुरुआमा कमलेश्वर आनन्दलाई बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा जनप्रतिनिधि नरिश्वर शर्मा पौडेल, अभियन्ता नारायणप्रसाद घिमिरेलगायतले स्वागत गर्नुभएको थियो । पदयात्रा टोलीले लुम्बिनी पुगेर कार्यक्रमको समापन हुनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |