
काठमाडौँ, ८ मङ्सिरः नेपाल एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग पराजित भएपछि नेपाल उक्त प्रतियोगिताबाट बाहिरिएको हो ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल बनायो । पाकिस्तानका लागि रोहेल नाजिरले सर्वाधिक अविजित ६४ रन बनाए । त्यस्तै हसन नवाजले २८ र अहमद दानियालले १६ रन बनाए ।
बलिङतर्फ नेपालका राशिद खानले ५ विकेट लिए । उनले ८ ओभरमा ३९ रन खर्चिए । त्यस्तै अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।
एक सय ६९ रनको विजयी लक्ष्य पाएको नेपालको पारी १७ दशमलव तीन ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । यस्तै बसिर अहमदले ११ रन बनाए । बलिङतर्फ पाकिस्तान ‘ए’का लागि दुई मोहमद हसनैन र सुफायन मोकिमले तीन तीन तथा मोहमद इमरानले दुई र माज सदाकतले एक विकेट लिए ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |