Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई

राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआइटी एबिएमसी टिमले हात पारेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (१९ मिनेट अघि)
Post Thumbnail

कञ्चनपुर, ८ मङ्सिर : राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआइटी एबिएमसी टिमले हात पारेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टिमले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ साइन्सको द मर्ज कन्फ्लिक्ट टिम दोस्रो भएको छ । उक्त टिमले नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै लुम्बिनी प्राविधिक विश्वविद्यालयको पिक्सेल स्क्वाड टिम तेस्रो हुँदै रु १५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट महिला नेतृत्व टिमको पुरस्कार सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङको टिमले प्राप्त गरेको छ । उक्त टिमलाई नगद १० हजार प्रदान गरिएको आयोजक स्कुल अफ इन्जिनियरिङअन्तर्गत इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबका सल्लाहकार दिलीप पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्कृष्ट प्रस्तुती विधामा लुम्बिनी इन्जिनियरिङ कलेज र उत्कृष्ट क्षेत्रीय प्रभाव विधामा सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ टिमले पुरस्कार हात पारेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका १० वटा टिमबीच प्रतिस्पर्धा भएको थियो । सहभागीहरु टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान, समाधानको नमूना तयार गरी निर्णायक समक्ष प्रस्तुती गरेका थिए । “टिमले मूल्याङ्कन समक्ष प्रस्तुती दिएपछि उत्कृष्टलाई छनौट गरेर पुरस्कार प्रदान गरिएको हो ।” सल्लाहकार पन्तले भन्नुभयो, “यो कार्यक्रम क्लबले हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।” प्रतियोगितामा १० वटा टिमलाई छनौट गरी प्रतिस्पर्धा गराइएको थियो ।

  • कञ्चनपुर
  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

  • Post Thumbnail

    पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट ६० सेकेन्ड कायम

    Post Thumbnail

    राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई

    Post Thumbnail

    काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

    Post Thumbnail

    मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटघाट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution