
नवलपुर (नवलपरासी), ८ मङ्सिरः चौरासी पूजाको खर्चबाट एक महिलाले मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । गैँडाकोट–१६ अमरापुरीकी श्यामकला सापकोटाले आफ्नो चौरासी पूजाको खर्चबाट रु दुई लाख ६५ हजार मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको हो ।
आफ्नो चौरासी पूजाको अवसर पारी श्रीमान्को स्मृतिमा चितवनको भरतपुरमा रहेको मानव सेवा आश्रममा आश्रितको भोजन तथा सेवा व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो । श्यामकलाले आश्रमलाई सहयोग रकम प्रदान गर्नुका साथै आश्रमको आजीवन वार्षिक भोजन सेवा सदस्यता समेत ग्रहण गर्नुभएको छ ।
सापकोटाले प्रदान गर्नुभएको आर्थिक सहयोग आश्रममा आश्रित सहयोगापेक्षी आश्रितको नियमित भोजनसेवा तथा आवश्यक सेवा व्यवस्थापनमा उपयोग गरिने आश्रमले जनाएको छ । आजीवन वार्षिक भोजन सेवा सदस्यतामार्फत सापकोटाले आश्रमको सेवा अभियानमा दीर्घकालीन योगदान पु¥याउनुभएको आश्रमले जनाएको छ ।
भरतपुरमा रहेको मानवसेवा आश्रमले सरकारी तथा स्थानीय तहको आंशिक सहयोगसँगै देश तथा विदेशमा रहनुभएका परोपकारी मनबाट प्राप्त सहयोगका आधारमा सडकआश्रित मानवको उद्दार, उपचार, संरक्षण र पारीवारिक पुनःमिलनको सेवा सञ्चालन गर्दै आएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |