Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै

हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्न काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (२४ मिनेट अघि)
हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, ८ मङ्सिरः हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्न काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा आगामी नोभेम्बर २५ देखि २७ (मङ्सिर ९ देखि ११)सम्म ललितपुरको खुमलटारस्थित इसिमोडको कार्यालयमा ‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुन लागेको हो ।

सम्मेलनमा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ र हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटजन्य बाढी, हिमपहिरो, जलस्रोत तथा पर्वतीय समुदायको जीविकोपार्जनमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल हुने ईसिमोडले जनाएको छ ।

इसिमोडका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा ध्रुवीय क्षेत्रबाहिर विश्वकै सबैभन्दा ठूलो हिमभण्डार रहेको छ । यस क्षेत्रबाट बग्ने नदीमा करिब दुई अर्ब मानिस निर्भर छन् । सन् १९७५ यता केही क्षेत्रमा हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको अध्ययनले देखाएको छ ।

हिमनदी पग्लिने क्रम तीव्र हुँदै गए पनि त्यसको नियमित अनुगमन र तथ्याङ्क सङ्कलनमा चुनौती देखिएको छ । अनुगमनमा रहेका ३८ हिमनदीमध्ये १८ प्रतिशतले मात्र विश्व हिमनदी अनुगमन सेवा (डब्लुजीएमएस)ले तोकेको न्यूनतम मापदण्ड पूरा गरेका छन् । उक्त मापदण्ड पूरा गर्न कम्तीमा १० वर्षसम्म निरन्तर अवलोकन आवश्यक हुन्छ ।

तथ्याङ्कको अभावले हिमनदीमा भइरहेको परिवर्तनको दीर्घकालीन अनुमान, विपद् पूर्वतयारी तथा सरकार र समुदायले लिनुपर्ने नीतिगत निर्णय प्रभावित भइरहेको सम्मेलनको अवधारणामा उल्लेख छ ।

सम्मेलनमा हिमनदी तथा हिउँको अवस्था, हिमताल विस्फोटजन्य बाढी र हिमपहिरोको जोखिम, नदी प्रणाली, जलविद्युत्, सिँचाइ तथा पर्वतीय समुदायको जीविकोपार्जनमा पर्ने प्रभावलगायत विषयमा छलफल हुनेछ । साथै वैज्ञानिक अनुसन्धानलाई नीतिनिर्माणसँग जोड्ने, तथ्याङ्क आदानप्रदान गर्ने, क्षेत्रीय सहकार्य विस्तार गर्ने र लगानी बढाउने विषयमा पनि विमर्श हुनेछ ।

इसिमोडले स्विस पोलार इन्स्टिच्युट, क्रायोस्फियर फाउन्डेसन, पोलार रिसर्च सेन्टर र खलिफा विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनलाई स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनले सहयोग गरेको छ ।

जलवायु तथा वातावरणीय जोखिम प्रमुख चियाङगोङ झाङले क्रायोस्फियर विज्ञानसम्बन्धी अन्तरराष्ट्रियकार्य दशकका सन्दर्भमा विज्ञान, नीति र क्षेत्रीय सहकार्यलाई एकै ठाउँमा ल्याउनु महत्वपूर्ण कदम भएको बताउनुभएको छ । उहाँले क्रायोस्फियरसम्बन्धी वैज्ञानिक प्रमाण, नीतिगत निर्णय र लगानीबीचको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दै गएका हिममण्डलीय जोखिमको व्यवस्थापन, जलसुरक्षा, जनजीविकाको संरक्षण तथा पारिस्थितिक प्रणालीको दिगोपन सुनिश्चित गर्न विज्ञानमा आधारित निर्णय र क्षेत्रीय सहकार्य महत्वपूर्ण हुने झाङको भनाइ छ । उहाँले वैज्ञानिक तथ्यलाई नीतिगत निर्णय र लगानीसँग जोड्न सके मात्रै यस क्षेत्रका साझा चुनौतीको प्रभावकारी सम्बोधन गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सम्मेलनमा क्षेत्रीय तथा अन्तरराष्ट्रिय वैज्ञानिक, नीतिनिर्माता, सरकारी निकाय र विकास साझेदारको सहभागिता रहनेछ ।

  • काठमाडौँ
  • पर्वत
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

    धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

  • आलेखः विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

    आलेखः विपद्बाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

  • दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

    दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

  • Post Thumbnail

    हावाहुरीले अन्नपूर्णको जनजीवन प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

    हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै

    हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै

    Post Thumbnail

    चिउरीको कलमी परीक्षण गर्दै मौरीपालन विकास केन्द्र

    Post Thumbnail

    अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट ६० सेकेन्ड कायम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution