Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु गरेको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (१९ मिनेट अघि)
हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

खोटाङ, ८ मङ्सिरः हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु गरेको छ ।

स्थानीय महिलाले खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुल्सीलगायतका वनस्पतिबाट लुगा धुने साबुन, मुख धुने हर्बल साबुन, हात धुने झोल साबुन, एरियल तथा सामान्य सरफ, हर्पिक, कोलिन, लाइजोल र फिनेलजस्ता सरसफाइका सामग्री उत्पादन गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय महिलालाई गाउँमै स्वरोजगार बनाउन गत वैशाखमा आधारभूत तालिम निःशुल्क प्रदान गरेको थियो । गाउँघरमा त्यसै खेर गइरहेका वनस्पतिबाट साबुनलगायत सरसफाइका सामग्री बनाउन सकिन्छ भनेर नगरपालिकाले निःशुल्क उपलब्ध गराएपछि स्थानीय महिलाले अहिले आम्दानी गर्न थालेका छन् । उच्चस्तरको तालिमपश्चात् लुगा धुने र मुख धुने साबुन उत्पादन गरी बिक्री गरिरहेको तालिममा सहभागी स्थानीय महिला रेनुका चाम्लिङले जानकारी दिनुभयो ।

नगरपालिकाले यसअघि प्रदान गरेको अचार बनाउने तालिममा सहभागी बन्नुभएकी रेनुकाले अचार र साबुन दुवै उत्पादन गरेर आम्दानी गरिरहनुभएको छ । नगरपालिकाले प्रदान गरेको निःशुल्क तालिमले चुलोचौकामा सीमित स्थानीय महिलाको जीवन नै परिवर्तन गरेको छ ।

तालिमबाट सिकेका सीपलाई व्यावसायिक बनाउन सुरु गरेका नौ जना स्थानीय महिलालाई नगरपालिकाले पुनः उच्चस्तरको (एडभान्स) तालिम दिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता सुरेश धामीले जानकारी दिनुभयो ।

महिलाले स्थानीयस्तरमा उत्पादन गरेका साबुनलगायत सरसफाइका सामग्री नगरपालिकाभित्रका सबै कार्यालय र विद्यालयमा अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको नगरप्रमुख विमला राईले बताउनुभयो । “उद्यमशील बन्न चाहने नागरिकलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । साबुन बनाउन सुरु गरेका स्थानीय महिलालाई ढुक्कले अगाडि बढ्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “बजारीकरणको लागि कुनै चिन्ता लिनुपर्दैन । उद्यमीलाई आवश्यक पर्ने कच्चा पदार्थ ढुवानी गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ ।”

नगरपालिकाले उपलब्ध गराएको एडभान्स तालिमले साबुनको गुणस्तर र ब्रान्डिङलाई थप व्यवस्थित बनाउन सहयोग पुगेकाले उपभोक्ताबाट विस्तारै माग बढ्दै जाने उद्यमी महिलाको विश्वास छ । हलेसी प्रगतिशील महिला लघु उद्यमी समूह गठन गरेर उनीहरुले साबुनलगायत सरसफाइका सामग्री बनाउन सुरु गरेका हुन् ।

विश्वप्रसिद्ध धार्मिकस्थल हलेसीसमेत रहेको यो नगरपालिकाका महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीका लागि अन्यत्र बजार खोजिरहनुपर्ने अवस्था नरहेको स्थानीय व्यवसायीले बताएका छन् । दैनिक भक्तजन तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा आयातित सामग्री उपयोग गर्नुपर्ने अवस्था रहेकोमा आफ्नै ठाउँका महिलाले उत्पादन गरेका सरसफाइका सामग्री उपभोग गर्न पाउँदा उपभोक्ता तथा व्यवसायीलाई सहज भएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।

  • खोटाङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

    रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

  • दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

    दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • Post Thumbnail

    बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

  • Post Thumbnail

    शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

    दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

    हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

    हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

    Post Thumbnail

    हावाहुरीले अन्नपूर्णको जनजीवन प्रभावित

    रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

    रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution