Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘अध्ययन र स्थलगत रिपोर्टिङबिना पत्रकारिता टिक्दैन’

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अधिवक्ता बालकृष्ण बस्नेतले अध्ययन, तथ्यको खोजी र स्थलगत रिपोर्टिङबिना पत्रकारिता दिगो हुन नसक्ने बताउनुभएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (२६ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ७ मङ्सिरः प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अधिवक्ता बालकृष्ण बस्नेतले अध्ययन, तथ्यको खोजी र स्थलगत रिपोर्टिङबिना पत्रकारिता दिगो हुन नसक्ने बताउनुभएको छ ।

रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीसँग आज भएको अन्तरक्रियामा पूर्वअध्यक्ष बस्नेतले सार्वजनिक सरोकारका विषयलाई समाचार बनाएर मात्र नपुग्ने भन्दै त्यसको निरन्तर अनुगमन र ‘फलोअप’ गर्नुपर्नेमा जोड दिनुभयो । ‘डिजिटल’ प्रविधिको विकाससँगै कोठामै बसेर समाचार तयार पार्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उहाँले पत्रकारले घटनास्थलमै पुगेर तथ्य सङ्कलन गर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक सरोकारका विषयलाई एकपटक उठाएर छाड्नुभन्दा त्यसको कानुनी तथा सामाजिक निरुपण नभएसम्म निरन्तर खबरदारी गर्नु पत्रकारिताको दायित्व भएको पूर्वअध्यक्ष बस्नेतको भनाइ थियो । कानुन पत्रकारिता र अदालती रिपोर्टिङको अनुभव सुनाउँदै उहाँले पत्रकारिताले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका कामकारबाहीमाथि निगरानी तथा खबरदारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्द आचार्यले नेपाली सञ्चारमाध्यममा भाषाको जीवन्तता र ऊर्जा बढी रहेको उल्लेख गर्दै शब्दहरू ठूला वा साना नभई परिचित र अपरिचित मात्र हुने बताउनुभयो । उहाँले कानुन अध्ययनमा कृत्रिम बद्धिमत्ताबाट तयार सामग्रीको मान्यता तथा साहित्यिक चोरी परीक्षणसम्बन्धी विषयमा पनि चर्चा गर्नुभयो ।

पत्रकारिता विभागका प्रमुख डा जगत नेपालले सूचना र समाचारबीचको भिन्नता स्पष्ट पार्दै उहाँले समाचारमा सूचनासँगै त्यसको सार्वजनिक महत्त्व र सान्दर्भिकता हुनुपर्ने बताउनुभयो । समाचार जुनसुकै माध्यमबाट प्रकाशन तथा प्रसारण भए पनि त्यसका आधारभूत तत्व भने परिवर्तन नहुने उहाँको भनाइ थियो ।

उपप्राध्यापक शान्ताराम बिडारीले पत्रकारिताका सिद्धान्त, वर्तमान अवस्था र आमसञ्चारका विविध पक्षबारे आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा उपप्राध्यापक प्रमोद टण्डनले पनि पत्रकारिताका विविध विषयमा चर्चा गर्नुभएको थियो । मानविकी सङ्कायअन्तर्गत पत्रकारिता लेखन विषयको प्रयोगात्मक अभ्यास तथा पत्रकारिता पेसाका चुनौती र सम्भावनाबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले विभिन्न जिज्ञासा राखेका थिए भने अतिथि तथा शिक्षकहरूले विद्यार्थीका प्रश्नको जवाफ दिँदै व्यावहारिक अनुभवसमेत साझा गर्नुभएको थियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

    मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

  • धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

    धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

  • सहिद स्मारकमा पर्यटकको आकर्षण

    सहिद स्मारकमा पर्यटकको आकर्षण

  • ताँजाकोटको विकासलाई प्राथमिकता दिइएको छः मुख्यमन्त्री शाही

    ताँजाकोटको विकासलाई प्राथमिकता दिइएको छः मुख्यमन्त्री शाही

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘अध्ययन र स्थलगत रिपोर्टिङबिना पत्रकारिता टिक्दैन’

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

    Post Thumbnail

    कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

    Post Thumbnail

    बाढी प्रभावितको पुन:स्थापनामा प्रदेश सरकारले पहल गर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution