
हुम्ला, ७ मङ्सिरः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले हुम्लाको ताँजाकोट गाउँपालिकाको भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।
‘गाउँपालिका अध्यक्ष शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम–२०८३’ को आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले कर्णाली करिडोरदेखि ताँजाकोट जोड्ने सडक स्तरोन्नतिको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
उहाँले ताँजाकोटको पर्यटकीयस्थल रानीसैनको प्रचारप्रसार र प्रवद्र्धनमा प्रदेश सरकार सक्रिय रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले पछिल्लो १० वर्षमा ताँजाकोटको मुहार परिवर्तन हुनु सङ्घीयता र समावेशिताको उपलब्धि भएको उल्लेख गर्नुभयो ।
गाउँपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त शैक्षिक सप्ताहमा स्थानीय विद्यालयबीच ५० भन्दा बढी विधामा प्रतिस्पर्धा गराइँदै आएको छ । प्रतिस्पर्धामा प्रथम हुने विद्यालयलाई रु एक लाख, द्वितीयलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई रु २५ हजार पुरस्कार प्रदान गरिँदै आएको छ ।
गाउँपालिका अध्यक्ष लालकेश जैसीका अनुसार, विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नाका साथै उनीहरूको प्रतिभा पहिचान र क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका कृषिमन्त्री जुम्कित लामा र पूर्वजलस्रोतमन्त्री रणसिंह परियारलगायतको उपस्थिति थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |