Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

गरिमा विकास बैंकद्वारा नौ स्थानमा रक्तदान : ७१३ युनिट रगत सङ्कलन

रगतको अभाव भइरहेका बेला गरिमा विकास बैंकले आज देशका नौ ठाउँमा गरेको रक्तदान कार्यक्रममा ७१३ जनाले रक्तदान गरेका छन् ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (१७ मिनेट अघि)
Post Thumbnail

चितवन, ७ मङ्सिर : रगतको अभाव भइरहेका बेला गरिमा विकास बैंकले आज देशका नौ ठाउँमा गरेको रक्तदान कार्यक्रममा ७१३ जनाले रक्तदान गरेका छन् ।

बैंकले बिगतका वर्षहरु जस्तै गरी २०औँ वार्षिकोत्सबको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार मुख्य कार्यालय बालुवाटार कार्यालयमा ८१ , वेनी कार्यालयमा ५०, पोखरा कार्यालयमा १३२ , वालिङ शाखामा ५४ जनाले रक्तदान गरेका छन् ।

यसैगरी बुटवल शाखामा १०१ , कोहलपुर शाखामा १०६, नारायणगढ शाखामा ८३ , जनकपुर शाखामा ४३ र इटहरी शाखामा ६३ जनाले रक्तदान गरेका छन् । बैंकले गत वर्षको वार्षिकोत्सबमा विभिन्न ठाउँमा रक्तदान गरी ६०२ युनिट रगत सङ्कलन गरेको थियो । बैंकका कार्यालयहरुमा जनप्रतिनिधि, स्थानीय समाज सेवी, बैंकका सञ्चालक, उच्च तहका कर्मचारी लगायतले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । बैंकका कर्मचारी, ग्राहक, शुभेच्छुकलगायतले रक्तदान गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले रगतको अभाव सबै ठाउँमा सधैँ जसो हुने गरेको भन्दै केही हदसम्म अभावलाई पूर्ति गर्ने उद्देश्यले बैंकको हरेक वार्षिकोत्सवमा देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले समुदायको हितका लागि विभिन्न कार्यक्रमसमेत गर्दै आएको उहाँले बताउनुभयो ।

बैंकले वार्षिकोत्सवको अवसरमा गत शनिबार काठमाडौँमा गरिमा ‘रोड रेस’को आयोजनासमेत गरेको थियो । स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ गरिएको सो कार्यक्रम तेस्रो संस्करण हो ।

  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    चितवनमा तीन हजार २८२ को नि:शुल्क आँखा परीक्षण

  • समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

    समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

  • पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

    पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

  • नि:शुल्क आँखा शिविरबाट चारसय जना लाभान्वित

    नि:शुल्क आँखा शिविरबाट चारसय जना लाभान्वित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

    Post Thumbnail

    गरिमा विकास बैंकद्वारा नौ स्थानमा रक्तदान : ७१३ युनिट रगत सङ्कलन

    मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

    मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

    प्रधानमन्त्री शाह स्वदेश फिर्ता

    प्रधानमन्त्री शाह स्वदेश फिर्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution