Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना पु¥याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (१० मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ७ मङ्सिर : विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना पु¥याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा आज उक्त प्रणालीको परीक्षण गरिएको हो ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित टावरबाट परीक्षण सन्देश प्रवाह गरिएको थियो । परीक्षणका क्रममा आज साँझ काठमाडौँको निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ उल्लेख गरिएको सन्देश पठाइएको थियो । मोबाइलमा सन्देश प्राप्त हुँदा सामान्य सन्देशभन्दा फरक चेतावनी ध्वनि र कम्पनसमेत आएको थियो ।

सेल ब्रडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना प्रवाह गर्न सकिन्छ । यसका लागि प्रत्येक व्यक्तिको मोबाइल नम्बरमा छुट्टाछुट्टै सन्देश पठाउनुपर्ने वा इन्टरनेटको आवश्यकता पर्दैन । मोबाइल सेवा प्रदायकको नेटवर्कमा जोडिएका लक्षित क्षेत्रका मोबाइल फोनमा एकैपटक सूचना पु¥याउन सकिने भएकाले नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा समेत यस प्रणालीबाट प्रभावकारी रूपमा सन्देश प्रवाह गर्न सकिनेछ ।

यस प्रणालीको अर्को विशेषता भनेको प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण सङ्कलन नगरी लक्षित भौगोलिक क्षेत्रमा सूचना पु¥याउन सक्नु हो । यस प्रविधिको प्रयोगबाट बाढीपहिरो, हिमताल विस्फोटजन्य बाढी, भूकम्प तथा प्रतिकूल मौसमलगायत विपद्का सम्भावित जोखिमबारे पूर्वसूचना र आवश्यक सुरक्षा निर्देशन जोखिममा रहेका क्षेत्रका नागरिकसम्म समयमै पु¥याउन सकिनेछ ।

प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप परिष्कृत गर्दै उच्च विपद् जोखिम भएका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

विपद्का समयमा नागरिकलाई समयमै सचेत गराउन, सुरक्षित स्थानमा जान आवश्यक निर्देशन उपलब्ध गराउन तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न यस प्रणालीले महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

    धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

  • Post Thumbnail

    झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

  • उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

  • Post Thumbnail

    बन्धक बनाइएका तीन नेपालीको उद्धार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

    Post Thumbnail

    गरिमा विकास बैंकद्वारा नौ स्थानमा रक्तदान : ७१३ युनिट रगत सङ्कलन

    मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

    मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

    प्रधानमन्त्री शाह स्वदेश फिर्ता

    प्रधानमन्त्री शाह स्वदेश फिर्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution