
काठमाडौँ, ७ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
उक्त अवसरमा उपराष्ट्रपति यादवले दुई देशकाबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र यूएईबीच मित्रता, सहकार्य र आपसी विश्वासमा आधारित सुमधुर सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा यूएई सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकका लागि उच्च आय र सीपयुक्त रोजगारीका थप अवसर सिर्जना गर्न अनुरोध गर्नुभएको थियो ।
उपराष्ट्रपति यादवले पोखरा–दुबई–पोखरा सिधा उडान सञ्चालनका लागि राजदूत शम्सीको पहल र योगदानको प्रशंसा गर्दै दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनका लागि आवश्यक पहल गरिदिन आग्रह पनि गर्नुभयो ।
त्यस अवसरमा राजदूत शम्सीले नेपाल र यूएईबीचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ उचाइमा पु¥याउन यूएई इच्छुक रहेको बताउनुभयो ।
उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा यूएईले गरेको सहयोगको स्मरण गर्दै यस्तो मानवीय सहयोग भविष्यमा पनि निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |