Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जिसस कसको पक्षमा जाला !(सम्पादकीय)

प्रत्यूष ८६३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २४, मंगलबार (४ साल अघि)
जिसस कसको पक्षमा जाला !(सम्पादकीय)

धादिङ,२४ जेठ ।
धादिङ जिल्लाका स्थानीय तहको नतिजा सम्पन्न भएको यतिका समय भैसक्दा पनि धादिङ जिल्लाका जिल्ला समन्वय समितिको निर्वाचन कस्तो होला ? यो कुन राजनीतिक दलका उम्म्ेद्वारको पक्षमा जाला ? त्यो सर्बत्र चासोको विषय बनेको छ ।

काँग्रेस, माओवादी र समाजवादी दल सहितको राजनीतिक दलका गठबन्धनमा निर्वाचनमा गएका दल सहित अन्य राजनीतिक दलले समेत आफुहरु जिल्ला समन्वय समितिको प्रमुख पदको दावेदार रहेको बताइसकेको छ भने जिल्ला न्यायधिष वा मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीले आगामी २९ गते जिल्ला समन्वय समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिसक्नुभएको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि अहिले नेपाली काँग्रस, माओवादी केन्द्र, एकिकृत समाजवादी र नेकपा एमालेले मुख्य गरी जिल्ला समन्वय समितिको नेतृत्व गर्न होमवर्क गरिहेको छ तर, उनीहरु सबैको एकल बहुमत नभएको कारण अन्य दलहरुसंग गठबन्धन गर्न अनिवार्य भएको कारण पनि यो जिल्ला समन्वय समितिको निर्वाचन कता जाला ? कुन नेतृत्वले बाजी मार्ला त्यो भने हेर्न बाँकी छ ।

जिल्ला प्रमुख,उप प्रमुख सहित ९ सदस्यीय समन्वय समितिको निर्वाचनका लागी पहिलो कुरा त प्रमुख पदमै कुन राजनीतिक दलले नेतृत्व गर्ने भन्ने यस अघिका सहमतिहरु समृत सबैजसो राजनीतिक दलहरुले उल्लंघन गरिसकेका छन् । गठबन्धन गरेर निर्वाचनमा जाने सहमति दलहरुले गरिसकेको भए पनि सजिलैसंग कार्यान्वयन हुने संकेत देखिएको छैन ।

नेत्रावती डबजोङ गाउँपालिकामा भएको असहमतिको विषयलाई देखाउँदै नेपाली काँग्रेसले आफूहरुले जिल्ला समन्वय समितिको नेतृत्व पाउनुपर्ने बताउँदै आफूहरुले नै दावी गरेको बताएको छ ।

उता माओवादीले पनि पूर्व सहमति अनुसार काँग्रेस, समाजवादी र माओवादी विचमा माओवादीले समन्वयको प्रमुख पाउने सहमति भैसकेकोले त्यसमा छलफलै गर्नु नपर्ने बताएको छ तर, स्थानीय तहको निर्वाचन पनिको कार्यपालिकाको निर्वाचनको मत परिणाम हेर्ने हो भने यो निर्वाचन पनि भद्रगोल हुन सक्नेमा शंका कायमै छ ।

यस अघिको निर्वाचनको अवस्थालाई हेर्ने हो भने, गजुरी गाउँपालिका कार्यपालिका, सिद्धलेक गाउँपालिका कार्यपालिका लगायतका केही स्थानीय तहको कार्यपालिका सदस्यको निर्वाचनमा देखिएको मत परिणामको विश्लेषण गर्ने हो भने राजनीतिक दलका नेतृत्वको स्वार्थकै कारण कसलाई हराउने र कसलाई जिताउने देखिएको मतको आधारमा मात्र एकिन हुँदैन ।

गोप्य मतदानको क्रममा नेताहरुले नै आफ्नै नेतृत्व विरुद्धमा अन्य दलका नेतृत्वलाई मतदान गरी जिताउन सक्छन् यो भर्खरै देखिएको सत्य घटना हो । अदुरदर्शि नेतृत्वका कारण यस्ताखालका गतिविधिहरु धेरै हुने गरेको पाइन्छ, त्यसकारण नेतृत्व समयमै दुरदर्शि हुनु जरुरी छ ।

जिससको निर्वाचनमा सकेसम्म दलहरुले पूर्व सहमति जे गरेका छन् त्यहि आधारमा गर्न सके भने आगामी दिनमा विश्वसनियता अझै बढ्ने सम्भावना रहन्छ यदि त्यसो हुन सक्ने स्थिती नदेखिको खण्डमा बाम र लोकतान्त्रिक राजनीतिक दलहरुले के के गर्लान् को कोसंग मिल्लान् त्यो दलभित्रबाटै छलफल गरी टुंग्याउनुपर्ने विषय हो । कुनै पनि दलको एकल बहुमत नरहेका कारण एक न एक संग टासिनु अनिवार्य भएका कारण यो निर्वाचन स्वयम दलक लागि चुनौती छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution