Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

शिवसताक्षी नगरपालिकाले स्थानीय दुधे रङ्गशालामा रात्रिकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यसहित फ्लडलाइट जडानको प्रक्रिया अघि बढाएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (४१ मिनेट अघि)
Post Thumbnail

झापा, ७ मङ्सिरः शिवसताक्षी नगरपालिकाले स्थानीय दुधे रङ्गशालामा रात्रिकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यसहित फ्लडलाइट जडानको प्रक्रिया अघि बढाएको छ ।

नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको गन्तव्यका रूपमा परिचित गराउने योजनाअनुसार रङ्गशालाको स्तरोन्नति थालिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो । उहाँका अनुसार करिब रु चार करोडको लागत अनुमान गरिएको उक्त परियोजनाको पहिलो चरणका लागि रु एक करोड तीन लाखको ठेक्का प्रक्रिया पूरा भइसकेको छ ।

“ठेक्का सम्झौता हुनासाथ निर्माण कार्य सुरु हुनेछ,” नगरप्रमुख थोप्राले भन्नुभयो, “आवश्यक थप बजेटको जोहो हुन सके आगामी पुसभित्रै फ्लडलाइट जडानको काम सम्पन्न गर्ने लक्ष्य छ ।” बाँकी बजेट व्यवस्थापनका लागि सङ्घीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य भइरहेको उहाँले बताउनुभयो । परियोजनाअन्तर्गत रङ्गशालाको चारै कुनामा ३० मिटर अग्ला चारवटा टावर निर्माण गरिनेछन् । नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर उत्तम बरालका अनुसार पहिलो चरणमा टावर निर्माणसँगै जेनेरेटर, ट्रान्सफर्मर र विद्युत् आपूर्तिका लागि आवश्यक केबल जडानको काम हुनेछ । दोस्रो चरणमा प्रत्येक टावरमा कम्तीमा एक हजार वाट क्षमताका बत्ती जडान गरिनेछन् ।

मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक हजार दुई सयदेखि एक हजार चार सय लक्ससम्मको प्रकाश पु¥याउने लक्ष्य राखिएको इन्जिनियर बरालले बताउनुभयो । पर्याप्त र सन्तुलित प्रकाश व्यवस्थाका कारण खेलाडी तथा बलको छायाँले खेलमा कुनै बाधा नपुग्ने गरी प्राविधिक डिजाइन गरिएको छ । फ्लडलाइट जडान भएसँगै दुधे रङ्गशालामा फुटबलका साथै एथलेटिक्सलगायतका खेलकुद गतिविधि रातिको समयमा पनि सहजै सञ्चालन गर्न सकिनेछन् ।

करिब दुई दशकअघि स्थानीय युवाले फुटबल खेल्ने सामान्य चौरका रूपमा रहेको दुधे मैदानले पछिल्लो समय व्यवस्थित रङ्गशालाको रूप लिएको हो । विगतमा भवानी स्मृति कप, पूर्वाञ्चलस्तरीय प्रतियोगिता र देशका चर्चित ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा दुधे गोल्डकप सफलतापूर्वक आयोजना भएपछि यस मैदानले नेपाली फुटबल जगतमा छुट्टै पहिचान बनाएको छ । फ्लडलाइट योजनाले पूर्णता पाएपछि दुधे रङ्गशाला कोशी प्रदेशकै एक सुविधायुक्त आधुनिक खेलस्थलका रूपमा स्थापित हुनेछ ।

  • झापा
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

    सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

  • Post Thumbnail

    झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

  • Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

  • Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स: युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    Post Thumbnail

    खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    Post Thumbnail

    मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution