Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रौतहट

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन मूल्याङ्कनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय देशभरमै पहिलो हुन सफल भएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (१४ मिनेट अघि)
Post Thumbnail

रौतहट, ६ मङ्सिरः नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन मूल्याङ्कनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय देशभरमै पहिलो हुन सफल भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयद्वारा गठित मूल्याङ्कन समितिले गरेको मासिक कार्यसमीक्षाका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय कात्तिक महिनामा उत्कृष्ट हुन सफल भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अभिलेख प्रणालीमार्फत कार्यसम्पादन मूल्याङ्कन गर्ने उद्देश्यले निर्धारण गरिएका विभिन्न सूचक तथा तालुक कार्यालयबाट प्राप्त मूल्याङ्कन समेतका आधारमा उत्कृष्ट नतिजासहित शीर्ष स्थानमा उक्लिन सफल भएको रौतहट प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

रौतहट प्रहरी प्रमुख रिजालका अनुसार प्रहरी प्रधान कार्यालयले स्पष्ट सूचकसहित कार्यसम्पादन समीक्षाका आधारमा मातहतका कार्यालयलाई ‘क’ श्रेणी (उत्कृष्ट), ‘ख’ श्रेणी (सन्तोषजनक) र ‘ग’ श्रेणी (सुधार गर्नुपर्ने) गरी वर्गीकरण गरेकामा यस वर्ष रौतहट ‘क श्रेणी’मा पर्न सफल भएको हो ।

जिल्लाको यसकिसिमको उपलब्धिलाई संस्थागत कार्यकुशलता, व्यावसायिक दक्षता, अनुशासन, जिम्मेवारी बोध तथा नागरिक सेवाप्रतिको समर्पणको परिणाम भएको जिल्ला प्रहरी कार्यालय रौतहटले स्पष्ट गरेको छ । साथै, सफलता हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पु¥याउने सम्पूर्ण प्रहरी कर्मचारी, मातहतका प्रहरी इकाइ तथा समन्वय र सहकार्य गर्ने सरोकारवाला निकायहरूप्रति रौतहट प्रहरी कार्यालयले आभार व्यक्त गरेको छ ।

यसै सन्दर्भमा प्रहरी उपरीक्षक रिजालले आफ्नो नेतृत्वमा आगामी दिनमा समेत जिल्लाको शान्तिसुरक्षा, अमनचयन कायम राख्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाइराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

  • नेपाल प्रहरी
  • रौतहट
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुन:निर्माण गर्नुपर्ने

    विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुन:निर्माण गर्नुपर्ने

  • Post Thumbnail

    कल्भर्ट व्यवस्थापन गर्न माग

  • Post Thumbnail

    हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

  • इपा खहरे खोलामा असला माछा संरक्षणको चिन्ता बढ्दो

    इपा खहरे खोलामा असला माछा संरक्षणको चिन्ता बढ्दो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

    विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुन:निर्माण गर्नुपर्ने

    विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुन:निर्माण गर्नुपर्ने

    Post Thumbnail

    कल्भर्ट व्यवस्थापन गर्न माग

    सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

    सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution