Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रुपन्देही

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (१३ मिनेट अघि)
Post Thumbnail

रुपन्देही, ६ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ ।

नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् ।

भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमति भए यस क्षेत्रको पर्यटन, उद्योग तथा व्यापारमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री शाह आज राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण मानिएको छ ।

विमानस्थलको उपकरणमा आधारित अवतरण प्रणाली (आइएलएस) को सञ्चालन प्रक्रियासँग भारतीय हवाई क्षेत्रको समन्वय आवश्यक पर्नेछ । भारतबाट अनुमति र सहजीकरण भएमा प्रतिकूल मौसममा उडान तथा अवतरणलाई सहज बनाउन सहयोग पुग्नेछ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका साथै भारतका दिल्ली, वाराणसी र अयोध्यालगायतका सहरमा सिधा हवाई सेवा सञ्चालन गर्नसके नेपालको पर्यटन, उद्योग तथा व्यापारमा ठूलो परिवर्तन आउने बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा विमानस्थललाई भारतीय विमान कम्पनीको प्राथमिकतामा पार्ने र नियमित उडानका लागि आवश्यक सहजीकरण हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले विमानस्थल निर्माणपछि त्यसको उपयोग र नियमित उडानका लागि सरकारसँगै निजी क्षेत्रले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

होटल सङ्घ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके नेपालको पर्यटन क्षेत्रले गति लिने बताउनुभयो । नेपाल विश्व पर्यटनको महत्वपूर्ण गन्तव्य भए पनि अन्तरराष्ट्रिय हवाई सेवाको सहज पहुँच नहुँदा पर्यटक आगमनमा अपेक्षित वृद्धि हुन नसकेको उहाँको भनाइ छ । विमानस्थल नियमित सञ्चालन हुनु निजी क्षेत्रका व्यवसायीका लागि सबैभन्दा खुसीको विषय हुने उहाँले बताउनुभयो ।

विमानस्थल सञ्चालन हुने आशामा भैरहवा, रुपन्देही, लुम्बिनी र आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल, रिसोर्ट, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा अन्य पूर्वाधारमा ठूलो लगानी गरेका छन् । चेम्बर अफ कमर्स रुपन्देहीका अनुसार यस क्षेत्रमा निजी क्षेत्रको झन्डै रु एक खर्बभन्दा बढी लगानी भएको छ । विमानस्थल नियमित सञ्चालन नहुँदा लगानीअनुसारको प्रतिफल प्राप्त नभएको स्थानीय व्यवसायीले गुनासो गरेका छन् ।

ट्राभल एसोसिएसन नेपाल (नाट्टा) का अध्यक्ष चन्द्र थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार भएको बताउनुभयो ।

विमानस्थल सञ्चालन हुने आशामा पर्यटन व्यवसायीले ठूलो लगानी गरे पनि नियमित अन्तरराष्ट्रिय उडान नहुँदा व्यवसायमा अपेक्षित लाभ लिन नसकिएको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा जग्गा अधिग्रहण र मुआब्जासहित हालसम्म रु ३५ अर्बभन्दा बढी खर्च भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते विमानस्थल स्तरोन्नति तथा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७९ जेठ २ गते विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको थियो । शिलान्यासदेखि उद्घाटनसम्म करिब सात वर्ष चार महिना लागेको थियो । उद्घाटनकै दिन कुवेतको जजिरा एयरवेजको विमान अवतरण गरेपछि अन्तरराष्ट्रिय व्यावसायिक उडान सुरु भएको थियो ।

यस्तै, जजिरा एयरवेज, फ्लाई दुबई, कतार एयरवेज, नेपाल वायुसेवा निगम, थाई एयर एसिया र हिमालय एयरलाइन्सले यस विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गरेका छन् ।

विमानस्थलको सूचना शाखाका अनुसार हालसम्म ६९ हजार ३७७ यात्रुले सेवा लिएका छन् । तीमध्ये ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु यस विमानस्थल प्रयोग गरी विदेश गएका छन् ।

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले विमानस्थलमा आवश्यक भौतिक संरचना, उपकरण, डिजिटल प्रविधि तथा अनलाइन प्रणाली उपलब्ध रहेको जानकारी दिनुभयो ।

नियमित हवाई सेवा सञ्चालनका लागि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने र आवश्यक हवाई मार्गका सम्बन्धमा सहजीकरण गर्ने विषय महत्वपूर्ण रहेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनका लागि प्राविधिक तथा प्रशासनिक तयारी रहेको उल्लेख गर्दै उहाँले नियमित उडानका लागि पहल आवश्यक भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजालले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा हवाई सेवा सञ्चालन गर्नसके नेपालको पर्यटन तथा आर्थिक विकासमा नयाँ युगको सुरुआत हुने बताउनुभयो ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेका भारतीय सहरसँग हवाई सम्पर्क विस्तार हुँदा लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आवागमनसमेत सहज हुने उहाँको भनाइ छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी र त्यसको सञ्चालनको अपेक्षामा निजी क्षेत्रको ठूलो लगानी जोडिएको छ । यस्तो अवस्थामा भारतसँग हवाई मार्ग प्रयोगका विषयमा ठोस सहमति जुट्नसके विमानस्थलको नियमित सञ्चालनका लागि महत्वपूर्ण ढोका खुल्नेछ ।

यसले लुम्बिनीमा पर्यटक आगमन वृद्धि गर्नुका साथै रुपन्देहीसहित समग्र पश्चिम नेपालको उद्योग, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

  • त्रिभुवन विश्वविद्यालय
  • रुपन्देही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • इपा खहरे खोलामा असला माछा संरक्षणको चिन्ता बढ्दो

    इपा खहरे खोलामा असला माछा संरक्षणको चिन्ता बढ्दो

  • ५० लाख खर्चेर धर्मपथ पैदलमार्ग निर्माण

    ५० लाख खर्चेर धर्मपथ पैदलमार्ग निर्माण

  • प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

    प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

  • तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

    तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

    Post Thumbnail

    झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

    इपा खहरे खोलामा असला माछा संरक्षणको चिन्ता बढ्दो

    इपा खहरे खोलामा असला माछा संरक्षणको चिन्ता बढ्दो

    ५० लाख खर्चेर धर्मपथ पैदलमार्ग निर्माण

    ५० लाख खर्चेर धर्मपथ पैदलमार्ग निर्माण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution