Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला फुटबल एकेडेमीलाई १०–० गोलले पराजित गर्दै दोस्रो झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (२० मिनेट अघि)
Post Thumbnail

झापा, ६ मङ्सिर : त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला फुटबल एकेडेमीलाई १०–० गोलले पराजित गर्दै दोस्रो झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शिवसताक्षीस्थित दुधे रङ्गशालामा आज भएको खेलमा आर्मीको जितमा चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक गरे भने सुक्रिया मियाले दुई तथा जेनिफर राना मगर र दीपा शाहीले १–१ गोल गरे ।

खेलको पाँचौँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । उनले १६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । १८औँ मिनेटमा हेमाले गोल गर्दै अग्रता बढाइन् । सुक्रियाले ३३औँ मिनेटमा गोल गरिन् भने चन्द्राले ४३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

४४औँ मिनेटमा हेमाले हेडमार्फत गोल गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सुक्रियाले व्यक्तिगत दोस्रो गोल गरिन् । दोस्रो हाफको पहिलो मिनेटमै हेमाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । जेनिफरले ७९औँ र दीपाले ८९औँ मिनेटमा गोल थपेपछि आर्मी १०–० को फराकिलो जित निकाल्न सफल भयो ।

प्रतियोगितामा चन्द्रा प्लेयर अफ द म्याच घोषित भइन् । उनले रु १५ हजार पुरस्कार प्राप्त गरिन् । कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले पनि उनलाई प्रोत्साहनस्वरूप थप रु १५ हजार प्रदान गरे ।

यस जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि उद्घाटन खेलमा झापाकी सजिना स्याङताङले ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । प्रतियोगिताअन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र भुटानको थिम्पू राभेन महिला फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

  • झापा
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

  • Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स: युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

  • एनपिएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा

    एनपिएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा

  • Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

    Post Thumbnail

    झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

    इपा खहरे खोलामा असला माछा संरक्षणको चिन्ता बढ्दो

    इपा खहरे खोलामा असला माछा संरक्षणको चिन्ता बढ्दो

    ५० लाख खर्चेर धर्मपथ पैदलमार्ग निर्माण

    ५० लाख खर्चेर धर्मपथ पैदलमार्ग निर्माण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution