Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग

नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुगेकामा चिन्ता व्यक्त गर्दै छिटो पूरा गर्न माग गरिएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (३२ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ५ मङ्सिरः नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुगेकामा चिन्ता व्यक्त गर्दै छिटो पूरा गर्न माग गरिएको छ ।

विसं २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौताको दुई दशक पूरा भएका अवसरमा नेपालको शान्ति प्रक्रियामा नागरिक स्तरबाट योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह गरेको हो ।

समाजले आज आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पुनः आग्रह’ विषयक नागरिक संवादमा बोल्ने राजनीतिक समाज र नागरिक समाजका प्रतिनिधिहरूले विस्तृत शान्ति सम्झौता ऐतिहासिक भएको चर्चा गर्दै सम्झौताको मर्म र भावनाअनुरूप सङ्क्रमणकालीन न्यायलाई राजनीतिक सौदाबाजीबाट मुक्त राखी पीडितमैत्री, विश्वसनीय र निष्पक्ष प्रक्रियामार्फत शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय कार्य संयोजन समिति सदस्य पम्फा भुसाल, प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मधुकुमार चौलागाईं, नेपाली कांग्रेसका सहमहामन्त्री मनोजमणि आचार्य, नेकपा (एमाले) का नेता तथा संविधानसभा सदस्य रामेश्वर फुयाँल, पूर्वराज्यमन्त्री तथा द्वन्द्वपीडित देवी खड्का, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति धन थापा लगायतले यो प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

यसै विषयमा समाजका पाल्पा, सुर्खेत, रूपन्देही, दाङ, चितवन, गुल्मी, सल्यान शाखाले पनि कार्यक्रम उपनिर्देशक सरिता पौडेलले राससलाई जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने सन्दर्भमा समाजले अवधारणा पत्र पनि सार्वजनिक गरेको छ ।

  • काठमाडौँ
  • गुल्मी
  • चितवन
  • पाल्पा
  • रूपन्देही
  • सल्यान
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    युवालाई उद्यमशीलता र रोजगारीमा जोडिन ओलीको आग्रह

  • Post Thumbnail

    प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • Post Thumbnail

    कम्युनिष्ट आन्दोलनलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड

  • संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

    संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    करिब दुई महिनापछि पाउद्वारमा विद्युत् सेवा पुनः सञ्चालन

    Post Thumbnail

    शुक्लाफाँटामा ‘शुक्लागजराज’ खोज्दै प्राविधिक टोली

    Post Thumbnail

    विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग

    पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

    पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution