
काठमाडौँ, ५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्दै मुलुकको विकासमा योगदान गर्न आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) ले गठन गरेको नेसनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले युवालाई राजनीतिसँगै उत्पादन र उद्यमशीलताका क्षेत्रमा सक्रिय हुन आग्रह गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्री ओलीले कृषि, सूचना प्रविधि र साना उद्योगलगायत क्षेत्रमा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न युवालाई सुझाव दिनुभयो । युवा उमेर सिक्ने, ज्ञान हासिल गर्ने र काम गर्ने समय भएकाले सीप विकास गरी आम्दानीको स्रोत खोज्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा एमाले सचिव महेश बस्नेतले एमाले नेतृत्वको सरकारले विकासका क्षेत्रमा गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्ने बताउनुभयो । नेसनल भोलिन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय एकताको संरक्षण तथा सामाजिक न्याय, समानता र समावेशिताका पक्षमा फोर्स प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |