Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगन्ज

कात्तिकमा ७० लाखको सामान बरामद

प्रहरीले कात्तिक महिनामा रु ७० लाख ७० हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (४५ मिनेट अघि)
Post Thumbnail

वीरगन्ज (पर्सा), ५ मङ्सिरः प्रहरीले कात्तिक महिनामा रु ७० लाख ७० हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो ।

त्यसैगरी, प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुङ्गा तथा गिट्टी ओसारपसारमा प्रयोग भएका १० वटा ट्र्याक्टर नियन्त्रणमा लिएर रु ५० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत छ हजार २६३ लिटर तयारी मदिरा र छ हजार ३८० लिटर कच्चा पदार्थ बरामद गर्नुका साथै सोही क्रममा ११ जना पक्राउ परेका छन् । अवैध वन पैदावार नियन्त्रणतर्फ १० वटा सवारीसाधन नियन्त्रणमा लिई ३९ क्युबिक काठ बरामद गरिएको छ । यसबाट रु एक लाख ९५ हजार राजस्व तथा जरिवाना प्राप्त भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

कात्तिक महिनामा पर्सा जिल्लामा ३७ सवारीसाधन दुर्घटना भएका थिए । सो क्रममा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने ९४१ सवारीसाधनका चालकलाई कारबाही गरी रु १० लाख ८७ हजार राजस्व सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

  • पर्सा
  • वीरगन्ज
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    भक्तपुर अस्पतालको सेवा खस्किदै गएकामा चिन्ता

  • Post Thumbnail

    भन्सार छलीका नौ लाख बराबरका सामान बरामद

  • नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

    नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर

  • Post Thumbnail

    एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

    तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

    तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

    Post Thumbnail

    कात्तिकमा ७० लाखको सामान बरामद

    इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

    इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution