
भक्तपुर, ४ मङ्सिरः वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वास्थ्य सेवा प्रवाहमा तीन वर्षसम्म देशभरकै सर्वोत्कृष्ठ हुन सफल भक्तपुर अस्पतालको सेवा खस्किदै गएकामा प्रति चिन्ता व्यक्त गर्नु भएको छ ।
आज भक्तपुर अस्पतालले आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा उहाँले भक्तपुर अस्पतालले फेरी पनि सरकारको मूल्याङ्कनमा सेवा प्रवाहमा पहिलो हुने गरी काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य सचिव सुमित्रा डा गौतमले रिफरल सेन्टरको रूपमा पुगेको अस्पताललाई कोरोना महामारीदेखि अघिल्लो वर्षसम्म देशकै उत्कृष्ठ अस्पताल बनाउन सफल भएपछि यसवर्ष तेश्रो भएपछि निकै दुःख लागेको बताउनुभयो । कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले अस्पतालमा आएका विरामीले विगतमा जस्तै सेवा पाउन अस्पताल प्रशासनले कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा भित्रुवन चन्द्र झाले अस्पतालले गर्दै आएको सेवा र प्रयासकाबारेमा जानकारी गराउनु भएको थियो । अस्पताल व्यबस्थापन तथा सञ्चालन समितिका अध्यक्ष ज्ञानीराम श्रेष्ठले मुख्यमन्त्री थापालाई अस्पतालको तर्फबाट सम्मान गर्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |