Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिनुभएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (१ दिन अघि)
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

काठमाडौँ, ४ मङ्सिर: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिनुभएको छ ।

दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले त्यसको कारण पहिचान गरी समाधानमा केन्द्रित हुन आज टेलिकमलाई निर्देशन दिनुभयो ।

नेटवर्कको गुणस्तरमा समस्या किन भइरहेको छ भन्ने स्पष्ट पहिचान गरी त्यसको समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । सबै टावरले पूर्ण क्षमतामा काम गरिरहेका छन् वा छैनन् भन्ने विषय पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले कुन टावरले कति ट्राफिक धान्न सक्छन् भन्ने स्पष्ट तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिनुभयो । टेलिकमको सेवा प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले कुनै पनि बहानामा सेवाको गुणस्तर कमजोर हुने अवस्था स्वीकार्य नहुने बताउनुभयो ।

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार गर्न, टावरको क्षमता बढाउन तथा आवश्यक पूर्वाधार विस्तार गर्न ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ)को रकमसमेत उपयोग गरेर काम अघि बढाउनुपर्ने उहाँको भनाइ छ । देशका विभिन्न स्थानमा टावर भए पनि नेटवर्क नचल्ने वा कमजोर हुने गुनासो आइरहेको भन्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

यसैबीच, नेपाल टेलिकमका देशभरमा पाँच हजार टावर रहेकामा आज करिब ५० वटाको सेवा प्रभावित भएको टेलिकमले जनाएको छ । सेवा गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि एक हजार ६०० नयाँ टावर थप गर्नेगरी बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइएको छ ।

नयाँ टावर थप्दैमा सेवा गुणस्तर सुधार हुने सुनिश्चितता नहुने भन्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले पूर्वाधार विस्तारसँगै विद्यमान टावरको क्षमता र सञ्चालन अवस्था पनि सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

गत वर्षमात्रै देशभरका विभिन्न टावरमा दुई हजार ८०० नयाँ ब्याट्री थप गरिएको र विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि नेटवर्क सञ्चालनमा समस्या नहुने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिकमका टावरले सहरी क्षेत्रमा चारदेखि छ घण्टासम्म र दुर्गम क्षेत्रमा आठदेखि १० घण्टासम्म सेवा सञ्चालन गर्न सक्ने जनाइएको छ ।

विद्युत् अवरुद्ध भएका बेला डाटा नचल्ने समस्या रहेको गुनासो मन्त्रालयमा आउने गरेको छ । यस विषयमा पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवा प्रदायकको वास्तविक अवस्था स्पष्ट पार्न र समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।

“टेलिकमले सबैतिर गुणस्तर ठिक छ भनिरहेको छ । तर, नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका छन् । तपाईँहरूको कमजोरी के हो ?, सुधारका उपाय शीघ्र खेज्नुहोस् । के-कति सुधार गर्नुपर्ने छ सो काम गरेर उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने जरुरी छ”, उहाँले भन्नुभयो । नेपाल टेलिकमका देशभरका टावरको अवस्थाबारे विस्तृत प्राविधिक अध्ययन गरी त्यसको प्रतिवेदन मन्त्रालयमा बुझाउन पनि मन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभयो ।

जवाफमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले सेवाको गुणस्तर सुधार गर्न टेलिकम प्रतिबद्ध रहेको बताउनुभयो । पुराना टावरमा सेवाको गुणस्तर बढाउने र नयाँ टावर थप्ने काममार्फत टेलिकमको पहुँच तथा गुणस्तर सुधारका प्रयास भइरहेको उहाँको भनाइ छ । उहाँले टेलिकमका टावरहरूको सेवा गुणस्तर परीक्षण नियमित रूपमा भइरहेको पनि बताउनुभयो ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा नेटवर्कमा समस्या बढी हुने गरेको र त्यसबाट टेलिफोन टावरको सेवा प्रभावित हुने गरेको टेलिकमले जनाएको छ । छलफलमा प्रमुख सञ्चालन अधिकृत (सिओओ) प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो । सञ्चारमन्त्री डा तिमिल्सिनाले ब्याकबोन प्रसारण निर्देशनालयसँग टेलिकमको नेटवर्क विस्तारको पछिल्लो अवस्थाबारे पनि जानकारी लिनुभएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कन्याममा दुईदिने सूर्योदय चिया महोत्सव सुरु

  • ‘बालबालिकाको अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध छ’

    ‘बालबालिकाको अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध छ’

  • Post Thumbnail

    करिब दुई महिनापछि पाउद्वारमा विद्युत् सेवा पुनः सञ्चालन

  • पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

    पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    रिजन ढकाल एनपिएलका सर्वोत्कृष्ट खेलाडी

    Post Thumbnail

    सहारा नेपालको ‘जीवन वरदान’बाट पाँच हजारभन्दा बढी लाभान्वित

    अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : पूर्वप्रम देउवा

    अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : पूर्वप्रम देउवा

    Post Thumbnail

    कन्याममा दुईदिने सूर्योदय चिया महोत्सव सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution