
रसुवा, ४ मङ्सिरः भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ का १४२ तामाङ परिवारलाई दुई लाख ८४ नगद राहत वितरण गरिएको हो ।
बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।
अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा बसोबास गर्दै आएका नेपाली तामाङ समुदायका सदस्यहरूबाट सङ्कलित रकम पीडितलाई हस्तान्तरण गरिएको हो । ‘अमेरिका–नेपाल बाढीपीडित राहत अनुदान सहयोग’ अभियानका संयोजक दावा तामाङको पहलमा जम्मा गरिएको उक्त रकम काठमाडौँको नागार्जुन नगरपालिका–२ का जनप्रतिनिधिहरूको समूहले रसुवामै पुगेर वितरण गरेको हो ।
अभियानअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–३ का लिङलिङ, बृदिम, खाम्जिङ, शेर्पागाउँ, वाङ्गल र बेन्जयाङका १४२ परिवारलाई जनही रु दुई हजारका दरले कूल रु दुई लाख ८४ हजार नगद प्रदान गरिएको वडाध्यक्ष मिङ्मार छिरिङ तामाङले जानकारी दिनुभयो ।
बाढीका कारण आफन्त गुमाएर गहिरो शोकमा परेका तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत नसक्ने अवस्थामा पुगेका पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले सहयोग उपलब्ध गराइएको सहयोगी संस्थाले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |